एउटा अनुसन्धान अधिकृतको बकपत्र-२
तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आफू सो पदमा बहाल भएपश्चात् बीबीसीसँगको अन्तरवार्ताको क्रममा संगठनको घाटीमा दुईवटा काँडा अड्केको र ती काँडा निकाल्नु जरुरी भएको बताउनुभएको थियो।
ती दुई काँडा भनेका रानीबारी हत्याकाण्ड र न्यायाधीश रणबहादुर बम हत्याकाण्ड थिए। जुन घटनाको अनुसन्धान जनकपुरमा कार्यरत केही उच्चकोटीका काम गर्ने जुनियर अधिकृतहरुको सहयोगमा सफल बनाइयो।
आईजीपीको आदेशमा अहोरात्र खटिएर संगठनका काँडा झिक्ने म र ती अधिकृतहरु उपेन्द्रकान्त अर्यालको मान्छे भयौं कि भएनौं लिखित जवाफ त पाइएन तर आइजीपी सर्वेन्द्र खनालले देखाएको व्यबहार त्यस्तै थियो। शायद् पूर्वआईजीपी अर्यालप्रतिको आक्रोश हामी काम गर्ने अधिकृतउपर आईजीपी खनाल पोख्न चाहानुहुन्थ्यो।
हुन त काम गर्नेहरुलाई प्रोत्साहन गर्ने कार्य प्रहरीमा धेरै कम हुने गर्छ। कतिसम्म भने धन्यवाद भन्ने शब्दसमेत हाकिमहरुबाट निकाल्न गाह्रो हुन्छ। जसले जतिसुकै फुर्ति लगाए पनि यहाँ एकाध औलामा गन्न सकिने सिनियर अफिसरहरु बाहेक दिलो ज्यान दिएर काम गर्नेमा प्रहरी जवानदेखि प्रनानि (सई) सम्म नै बढी हुन्छन् भने केही प्रहरी निरीक्षक पनि हुन्छन्। त्यही कामलाई मैले गरें भनेर प्रचार गर्नेहरुको हाकिमहरुको कमी छैन।
म मिसनको ड्यूटी सकेर भर्खरमात्रै नेपाल फर्किएको थिए। घर परिवारसँग टाढा भएको धेरै भएको थियो। अरु साथीहरु फर्केपछि केही दिन बिदा लिएर परिवारसँग समय बिताउँछन् तर मेरो लागि त्यो छुट भएन।
आइजीले नै फोन गरेर बोलाएको अवस्थामा मैले हुन्छ सर भोलि बिहान म निवासमा नै आउँछु भन्दै गर्दा सँगै भएकी मेरी श्रीमतीको अनुहार एक्कासि परिवर्तन भई मलिन भयो तर केही बोलिनन्। उनको भाव मैले बुझे तर मसँग विकल्प थिएन।
त्यतिबेला अञ्चल प्रहरी कार्यलय प्रमुख सर्वेन्द्र सर र बारा जिल्ला प्रमुख वर्तमान आईजी ठाकुर सर हुनुहुन्थ्यो। सर्वेन्द्र सरले हामीलाई बोलाएर अनुसन्धान प्रगति विवरण माग गर्नु भाको थियो। तर सिआईवीको कार्य प्रकृतिको हिसाबले उहाँलाई सबै प्रगति जाहेर गरिरहनु नपर्ने भएकोले केही छैन प्रगति अनुसन्धान जारी छ भनेका थियाैं। त्यसको ४्र५ दिनपछि संलग्न अभियुक्त पक्राउ गरेका थियौं। सायद उहाँलाई त्यही रिस थियो कि भन्ने लाग्यो। थप उहाँ नै जान्नुहोस।
सँगै फर्केका साथीहरुले पाएको पन्ध्र दिनको छुट्टी मनाउन शुरु गरेका थिए। म भने भोलि पल्टबाट झोला बोकी लागें अनुसन्धानमा। अन्तत सबै संलग्न टिमको अथक प्रयासपछि अनुसन्धान सफल भई निर्माण व्यबसायी शरद गौचनका हत्यारमध्ये केहीलाई तत्काल पक्राउ गर्न सकियो भने केही पछि पक्राउ परे।
करिब ४०/४५ दिन यही घटनामा अनि फेरिबुटवलमा अर्को गोलीकाण्ड भयो। पुन ४०/५० दिन त्यता ब्यस्त रहनु पर्ने भयो। त्यस पश्चात पुन एक दुई वटा स–साना घटनाको अनुसन्धानमा अनि फेरि अभियोजनको जिम्मेवारीभन्दा कता कता झनक्क रिस पनि उठ्यो। के मैले खालि काममात्र गर्ने हो, अनि मैले सम्झिए मेरो श्रीमतीको छ महिना अघिको त्यो मलिन अनुहार।
म मिसनबाट फर्किदा यसो गर्ने र उसो गर्ने योजना पक्कै बनाएकी थिइन। ती सबै योजना सुनाउन नपाउदै म काममा लिप्त भैसकेको थिए। मैले भनिदिए, ‘सर म अनुसन्धान अधिकृत बस्दिन मलाई बिदा चाहियो।’
यति भनेर १५ दिनको घर बिदा फारम भरी पेश गरेँ। एसपी सरले पक्कै मेरो भाव बुझ्नु भयोहोला किनकि म अलिक भिन्नरुपले प्रस्तुत भएको थिएँ, म आवेगमा थिएँ।
मेरो बिदा स्विकृत भयो म लागें घरतिर। १०/११ दिन विदा सकिएको थियो। मोवाइलमा सहकर्मी साथीको फोन आयो— सर के हो तपाईको आईजीपी सर्वेन्द्र सरसँग सम्बन्ध राम्रो छैन र? मैले सोधें किन राम्रै छ नि भाइ।
‘के को राम्रो हुनु, आज सिआईबीमा ब्रिफिङ थियो, सबै सामेल भएका थियौं आईजी सरले खै त्यो पुड्के पुड्के थियो नि ल्यापटप बोकेर मैं हुँ भन्दै हिड्थ्यो नि कहाँ छ देख्दिन त? अनि एक जना डिएसपी सरले को सर हजुरले दीपेन्द्रको कुरा गरिस्या हो? भन्नुभयो।
अँ हो, आईजी सावले भन्नुभयो, के सिआईबीमा त्यहीमात्र छ अनुसन्धान गर्ने? यत्रा डिएसपी, एसपी छौ, त्यसले जे भन्यो त्यहीँ हुन्छ? त्यसको अनुसन्धान पनि देखेको हो, बारामा मैले पक्राउ गर्न आँटेकालाई यहाँबाट गएर पक्राउ गर्यो भनेर भन्नु भयो त के हो सर?’ मैले भने हो र? खै मेरो त उहाँसँग राम्रै थियो, उहाँको चाँहि मसँग नराम्रो रहेछ क्यारे भनें। लगातार धेरैजनाबाट यही जानकारी प्राप्त भयो।
बारामा भएको के थियो भने, तत्कालीन एमालेबाट उमेदवारी दर्ता गर्न जाँदा गोली प्रहार गरी एमाले उम्मेद्वार मो. आलमको हत्या भएको थियो र सो घटनामा सिआईबीबाट डिएसपी दिनेश आचार्यको कमाण्डमा मसमेत गएर सफल अनुसन्धान गरेका थियौं।
आखिर संगठन प्रमुख मसँग व्यक्तिगत रुपमा नै किन पछाडि लाग्नु भएको हो। उक्त बिफ्रिङमा सर्वेन्द्र सरको म बिरुद्धको उक्त भनाइ मेरो राजीनामाको प्रमुख कारण बन्यो।
त्यतिबेला अञ्चल प्रहरी कार्यलय प्रमुख सर्वेन्द्र सर र बारा जिल्ला प्रमुख वर्तमान आईजी ठाकुर सर हुनुहुन्थ्यो। सर्वेन्द्र सरले हामीलाई बोलाएर अनुसन्धान प्रगति विवरण माग गर्नु भाको थियो। तर सिआईवीको कार्य प्रकृतिको हिसाबले उहाँलाई सबै प्रगति जाहेर गरिरहनु नपर्ने भएकोले केही छैन प्रगति अनुसन्धान जारी छ भनेका थियाैं। त्यसको ४्र५ दिनपछि संलग्न अभियुक्त पक्राउ गरेका थियौं। सायद उहाँलाई त्यही रिस थियो कि भन्ने लाग्यो। थप उहाँ नै जान्नुहोस।
सिआईबी स्थापनाकालदेखि कार्यरत थिएँ आजको सिआईबीलाई यो उचाइमा ल्याउन मेरो पनि धेरै ठूलो भूमिका थियो यो कुराको घमण्ड र गर्व दुवै गर्ने अधिकार मसँग छ भन्ने लाग्छ मलाइ। जसको साक्षी ब्रिफिङमा रहेका सहकर्मी साथीहरु नै थिए। केही सिनियर सरहरुले डिप्लोमेटिक तरिकाले उक्त कुरा पुष्टी गरिदिनु भयो भने केहीले सिधा तरीकाले नै। यस घटनाले म आहत भएँ।
आखिर संगठन प्रमुख मसँग व्यक्तिगत रुपमा नै किन पछाडि लाग्नु भएको हो। उक्त बिफ्रिङमा सर्वेन्द्र सरको म बिरुद्धको उक्त भनाइ मेरो राजीनामाको प्रमुख कारण बन्यो।
मलाइ राजीनामा दिन बाध्य पार्ने अर्को घटना ३३ किलो सुन काण्ड हो। जसमा राज्यले निजामती कर्मचारीको नेतृत्वमा अनुसन्धान समिति गठन गरी सम्पन्न गरायो। मुटु रोगको शल्यक्रिया फिजिसियन डाक्टरबाट गराउँदा नतिजा के होला? त्यसमा त्यस्तै नतिजा आयो।
संसारमा जहाँ पनि अपराधिक घटनाको अनुसन्धान प्रहरीले नै गर्छ। प्रहरीको विकल्प प्रहरी नै हो अरु हुनै सक्दैन। यो राज्य संचालन गर्ने जिम्मेवार निकायले सधैं ध्यान दिनै पर्छ।
अनुसन्धानको मर्म विपरीत निजामती कर्मचारीको नेतृत्वमा समिति गठन गरेर अपराध अनुसन्धानको लागि प्रहरीले प्रयोग गर्ने पद्धतिमाथि नै धावा बोलेर सनम हत्याको अनुसन्धान गर्ने प्रहरीको अनुसन्धान समूहलाई नै उक्त घटनामा संलग्न भएको निष्कर्ष निकाली कर्तव्य ज्यान मुद्दामा प्रतिवादी कायम गरी एसएसपी दिवेश लोहनीको समूहलाई नै जेल हाल्ने काम जुन गरियो, त्यसले अहोरात्र खटिएर अनुसन्धान गर्ने मजस्ता विशुद्ध अनुसन्धान गर्ने कर्मचारीहरुको मनमा ढ्याङ्ग्रो बज्यो।
इमान्दारीपूर्वक काम गर्दा उल्टै जेल पर्नु पर्ने? दिवेश लोहनीले आफ्नो घरको काम पक्कै गरेका थिएनन् राज्य कै काम गरेका थिए, त्यो पनि संगठन प्रमुखको आदेशानुसार नै। प्राय प्रहरी कार्यमा मौखिक आदेश नै काफी हुन्छ।
असल नियत राखी काम गर्नेहरुका लागि। उहाँसँग म राम्ररी परिचित छु, उहाँको काम गर्ने शैलीसँग पनि। शरद गौचन हत्या अनुसन्धानमा हाम्रो खर्चका लागि आफ्नो व्यक्तिगत एटिएम कार्ड दिएर अनुसन्धान कार्यमा हामीलाई पठाएको घटना मेरो करियरमा नै नवीन उदाहरण थियो। मैले माथि पनि भनेको छु नेपाल प्रहरीमा थोरैमात्र यस्ता अफिसर छन् जसले अनुसन्धानको मर्म बुझ्छन।
एउटा भनाइ ‘जुत्ता लगाउनेलाई मात्र थाहा हुन्छ जुत्ताको महत्व, नलगाउनेलाई के थाहा दीपेन्द्र’ भन्दै पूर्वएआईजी देवेन्द्र सुवेदी सरले डा. भक्तमान श्रेष्ठको अनुसन्धानताका व्यक्त गरेको यो भनाइ यो काण्डमा झलझली याद आयो। अनुसन्धान गर्ने प्रहरी नै जेल जानु मेरो राजीनामाको अर्को कारण बन्यो।
दक्षिण एशियाको उत्कृष्ट प्रहरी बनाउँछु भन्नुहुन्थ्यो सर्वेन्द्र सरले। तर संगठनबाट आफ्नो विदाइमा समेत व्याचमेट उपस्थित हुने वातावरण तयार गर्न सक्नु भएन। उहाँको दम्भ कति थियो भन्ने एउटा उदाहरण यहाँ उल्लेख गर्छु।
म सिआईबीमा नै कार्यरत थिएँ जतिबेला सर्वेन्द्र खनाल अपराध महाशाखाको प्रमुख हुनुहुन्थ्यो। एकदिन उहाँको मोवाइल नंम्बरबाट फोन आयो। म कुनै अनुसन्धानकै क्रममा नक्साल आसपास थिएँ। फोन उठाएर जय नेपाल सर भनें।
उहाँले सोध्नुभयो, खै तिमी त आउँदा नि आउँदैनौ? मैंले भने, सर म काममा नै व्यस्त हुन्छु, फेरि विनाकाम हजुरलाई के डिस्टर्व गर्नु भनें। उहाँले ‘ल आउन फोन गरेर’ भन्नुभयो। सायद त्यही दिन नै म गए होला एकिन छैन। मसँग मेरो एक जना ब्याचमेट पनि थिए।
हामी सरासर हाल अपराध महासशाखा भएकै स्थानमा गयौं। केही क्षणको पर्खाइपछि उहाँले कार्य कक्षमा नै बोलाउनु भयो। भित्र गएर जयनेपाल गरेपछि बस्न आदेश भयो, हामी उहाँको सामुन्ने रहेको सोफामा बस्यौं। मलाइ ईशारा गर्दै तिमी त मेरो मान्छे ,यहाँ नै आउन भनेर छेउको सोफा देखाउनु भयो।
म आदेश पालना गर्दै गएँ। जब म नजिक गए उहाँले भन्नुभयो, ‘हेर तिमी त्यहाँ छौ म भविष्यको आईजी हुने मान्छे तिमीले मलाइ सहयोग गर्नु पर्यो। सिआईबीको हाकिम (उक्त समयमा डिआईजी हेमन्त मल्ल) डिआईजीबाट नै घर जाने हो त्यसकारण त्यहाँको सबै सूचना मलाइ दिनुपर्यो, सबै काम यतैबाट गर्नुपर्छ’ भन्नु भयो। म सिधा र स्पष्ट कुरा गर्ने बानी भएको मैंले भने, ‘सर म विशुद्ध प्राविधिक अनुसन्धान गर्ने हो।
व्यक्तिगत हिसाबले सूचना कम नै आउँछन्। मैले सूचनाको लागि कसैलाई राखेको छैन। सरलाई आवश्यकता पर्यो भने म प्राविधिक सहयोग गर्न सधै तयार छु।’ केही बेरको संवाद र चिया पिएपछि विदा भइयो।
बाहिर निस्किदै गर्दा पहिला चिनेको दबङ्ग छविका सर्वेन्द्र खनालको काइते कुरा सुन्दा उही ड्याङका मुला रहेछन् भन्ने लाग्यो, मन खिन्न भयो। उनी चर्चित हुन कतिसम्म गैह्रव्यवसायिक काम गर्दा रहेछन् भन्ने बुझ्न नि गाह्रो भएन।
उहाँले भन्नुभयो, ‘हेर तिमी त्यहाँ छौ म भविष्यको आईजी हुने मान्छे तिमीले मलाइ सहयोग गर्नु पर्यो। सिआईबीको हाकिम (उक्त समयमा डिआईजी हेमन्त मल्ल) डिआईजीबाट नै घर जाने हो त्यसकारण त्यहाँको सबै सूचना मलाइ दिनुपर्यो, सबै काम यतैबाट गर्नुपर्छ’ भन्नु भयो। म सिधा र स्पष्ट कुरा गर्ने बानी भएको मैंले भने, ‘सर म विशुद्ध प्राविधिक अनुसन्धान गर्ने हो।
सँगै गएको साथी पनि छक्क पर्यो। तेरो त सबै हाकिमसँग राम्रो छ जागिर चाहिँ मज्जाले खाने भइस् नि? उसले हेर्ने नजर नै फरक थियो। तर त्यही भेट पनि मेरो लागि नकारात्मक नै बनेको रहेछ।
मेरो विदा सकियो। म लागें काठमाडौं कार्यालयमा हाजिर हुन। १५ दिनको विदा सकेर सदाका लागि नेपाल प्रहरीबाट विदालिने कठोर संकल्पका साथ पारिवारिक सल्लाह भयो।
भावी रणनीति के गर्ने भनेर तयार गरिसकेको थिएँ। मेरो एउटा गजबको बानी के छ भने जस्तोसुकै परिस्थितिलाई पनि सामान्यरुपमा ग्रहण गर्ने, जसले गर्दा म दुखी भएको मशसुस कम नै गर्ने गर्छु।
केही सीमित साथीहरुलाई सुनाउँदा राजीनामा दिएको ठीक भन्ने कोही थिएन। अझ अंगुर जिसीले त धेरै सम्झाएको हो ,नदे राजीनामा भनेर। मैले भनेको थिएँ, हामी सुरक्षित छैनौं, आज उहाँ नै सही काम गर्दा गर्दै नालायक नेतृत्वको गलत निर्णयको कारण आफ्नो अस्तित्वको लडाइ एक्लै लडिरहनु भएको छ।
मैले राजीनामा नदिएको भए म पनि अंगुर जिसीसँगै अस्तित्वको लडाइ लडिरहेको हुने थिए। काठमाडौं पुगें, कार्यलायमा हाजिर भएँ र डिआईजी सरलाई मौखिकरुपमा जनकारी गराएँ राजीनामा दिन्छु भनेर। सायद उहाँले घुर्क्याएको मात्र हो भन्ने ठान्नु भयो होला।
भोलिपल्ट लिखित राजीनामा पेश गर्दा उहाँले बोलाउनु भयो। र, सम्झाउनु भयो, नदेऊ केही भए म गर्छु भन्नुभयो। मलाई राम्रोसँग थाहा थियो, यो केवल आश्वासनमात्र हो भनेर। अहिले राखी राख्नु भन्नुभयो। म पनि बाहिर निस्किएँ।
भोलिपल्ट डिआईजी सरको फोन आयो, आईजीसाबले बोलाउनु भएको छ, भेट्न जानु भन्नुभयो। म लागें प्रहरी प्रधान कार्यालयको आईजीपी सचिवालयतिर।
वास्तवमा मनैदेखि भन्नु पर्दा मलाइ उहाँको अनुहार पनि हेर्न मन थिएन तर पनि अनुशासित भएकाले सलाम गरें। प्रश्न शुरु भयो राजीनामा किन दिएको? सरुवा कहाँ जाने त्यहीं पठाइदिन्छु, मिसनमा कोटा थप्दै छु मिसनमा हाल्दिन्छु। उहाँले प्रमोसन गरिदिने मात्रै होइन जे भन्छौ त्यही गरिदिनेसम्म भन्न छाड्नुभएन।
मलाइ झन् रिस उठिरहेको थियो। यो सब नाटक हो भन्ने मैंले बुझेको थिएँ। मैले जवाफ दिएँ, ‘सर तलबले खान पुगेन, परिवार धान्न नि गाह्रो भयो, अब संगठनमा काम गर्ने वातावरण पनि छैन। अर्को कुरा मेरो काम गर्ने जुन स्वाभिमानको घडा थियो त्यो भरियो। त्यसैले अब संगठनमा रहिरहनु पनि उचित हुन्न। पारिवारिक सरसल्लाह भैसकेको छ नत्र सरले बुझ्दा नि हुन्छ’ भने।
उहाँले एकदुई जनाले जागिर छाड्दा दुख पाएको कुरा भन्नुभयो। मैले दुई छाक खानलाउन पुग्छ सर भनें। अलिक भावुक भएछु करिब २ मिनेट स्तब्ध भएँ। घरी घरी मलाइ हेर्नु हुन्थ्यो। म भने एक नजरले उहाँलाई नै हेरिरहेको थिएँ। यस्तो लाग्थ्यो उहाँलाई नजर मिलाउन गाह्रो भैरहेको थियो। फेरि सरुवा जाउ भन्नु भयो। मैले भने सहज तरीकाले बहिर्गमनको बाटो दिनुहोला सर नभए अरु नि उपाय होला भने।
केही बेरपछि जाने नै हो भने ठिकै छ ल हात मिलाउ भनेर हात दिनु भयो। नचाहेर नै हात मिलाएर जय नेपाल भन्दै विदा भएँ। आज व्यक्तिगत रुपमा खुशी छु तर संगठन जुन गतिमा अघि बढ्दै जानु पर्दथ्यो नालायक व्यक्तिको नेतृत्वको कारणले संगठनमा जुन क्षति भयो सो कारण अझै दश वर्ष उच्च मनोवलका साथ काम गर्ने चाहना पूरा नभएकोप्रति चाहिँ अझै दुखी छु।
Facebook Comment