पुँजीबजारमा बीमाको प्रिमियम लगानी गर्न सकिन्छ : अर्थमन्त्री

डिसी नेपाल
२८ फागुन २०७६ १२:३८

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा कम्पनीहरुले संकलन गरेको प्रिमियम पुँजी बजारमा लगानी गर्न सकिने बताएका छन्।

बुधबार बीमा ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे अर्थ समितिमा बुधबार भएको छलफलमा बोल्दै उनले पुँजी बजारमा बीमाको रकम परिचाल गर्न सकेमा बजारमा स्थायीत्व कायम हुने उल्लेख गरे।

मन्त्री खतिवडाले राष्ट्रिय बीमा संस्थान र बीमा समिति ऐनलाई खारेज गर्दै बीमा प्राधिकरण ऐन अघि सारिएको जानकारी दिए। विधेयकमा बीमा क्षेत्रको नियमनका लागि बीमा प्राधिकरण बनाउन लागिएको र यसले बीमा क्षेत्रको नियमन प्रभावकारी हुने बताए।

यसैगरी प्राधिकरण बनिसकेपछि बीमा कम्पनीहरुलाई प्रतिष्पर्धी र अन्तर्राष्ट्रिय स्तरको बनाउन सकिने मन्त्री खतिवडाको दावी थियो। हाल एक चौथाई जनसंख्या मात्र बीमाको पहुँच रहेको भन्दै यसलाई बढाउन नियमनकारी निकायको भूमिका प्रभावकारी हुनुपर्ने उनको भनाइ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *