कोरोनाभाइरसविरुद्धको खोप परीक्षण गराउँदा साढे ५ लाख पुरस्कार पाइने

डिसी नेपाल
२८ फागुन २०७६ १४:००

काठमाडौं। लण्डनको ह्वाइटच्यापलका वैज्ञानिकहरुले कोरोनाभाइरसको भ्याक्सिन बनाउनको लागि २४ जनाको माग गरेका छन् । वैज्ञानिकहरुका अनुसार जो यो प्रयोगमा आएर खोपको परीक्षण आफ्नो शरीरमा गराउनेछन् उनलाई ३५०० पाउण्ड (५ लाख ३८ हजार नेपाली रुपैयाँ) पुरस्कार दिइनेछ । तर, यसको लागि परीक्षणमा सहभागी हुनेले पहिले आफूलाई कोरोनाभाइरसबाट संक्रमित गराउनुपर्नेछ ।

बेलायती पत्रिका डेलिमेलको समाचारअनुसार लण्डनको ह्वाइटच्यापलस्थित द क्वीन मेरी बायोइन्टरप्राइजेज इनोभेसन सेन्टरका वैज्ञानिक आफ्नो यो प्रयोगका लागि २४ जनालाई भर्ना गर्दैछन् । यी २४ जनामा कोरोनाभाइरसको भ्याक्सिनको परीक्षण गरिनेछ । जुन भ्याक्सिनको परीक्षण यी २४ जनामा गरिनेछ त्यसमा सार्स रोगको औषधी पनि मिसिएको छ । यो परीक्षणमा सहभागी हुनेहरुको शरीरमा सुरुमै कोरोनाभाइरसको कमजोर स्ट्रेन हालिनेछ । त्यपछि भाइरस बढ्ने प्रतिक्षा गरिनेछ ।

भाइरस बढ्न थालेपछि बिरामीलाई भ्याक्सिन दिइनेछ । यो परीक्षणका क्रममा एचभीभो कम्पनीले बनाएको औषधीको प्रयोग गरिनेछ । परीक्षणका लागि बोलाइएका २४ जनालाई १४ दिनका लागि क्वारेन्टाइनमा राखिनेछ । यो १४ दिनमा वैज्ञानिकहरुले औषधीको प्रभावको अध्ययन गर्नेछन् । अहिले युरोपेली देशहरुका ३५ वटा कम्पनीहरुले कोरोनाभाइरसको औषधीबारे अनुसन्धान गरिरहेका छन् । बेलायत सरकारले कोरोनाभाइरसको औषधी खोज्नका लागि ४६ मिलियन पाउण्ड बजेट छुट्याएको छ ।

अहिलेम्म विश्वभर कोरोनाभाइरसको संक्रमणबाट १ लाख १८ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । झण्डै ४३ सय जनाको मृत्यु भइसकेको छ । चीनमा मात्र ८० हजार भन्दा बढी संक्रमित छन् । ३१ सय भन्दा धेरैले चीनमा मात्र ज्यान गुमाइसकेका छन् । दोस्रो ठूलो प्रभावित देश इटली हो । यहाँ १० हजारभन्दा धेरै संक्रमित छन् । ६ यभन्दा धेरैको मृत्यु भइसकेको छ ।




प्रतिक्रिया

One thought on “कोरोनाभाइरसविरुद्धको खोप परीक्षण गराउँदा साढे ५ लाख पुरस्कार पाइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *