संसदमा अर्थमन्त्रीको स्पष्टिकरण : कोरोनाका कारण शेयर बजारमा उतार चढाव

डिसी नेपाल
२९ फागुन २०७६ १३:५१

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको प्रभावको कारण सेयर बजारमा उतारचढाव देखिएको बताएका छन्।

प्रतिनिधिसभामा धितोपत्र ऐनको संसोध विधेयकमा सांसद्हरुले प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले बजारमा देखिएको उतारचढाव अल्पकालिन भएको र यसबाट आत्तिनु नपर्ने उल्लेख गरे। ‘कोरोना त्रासका कारण बजारमा उथलपुथल आएको छ’ उनले भने, ‘यसलाई हेरेर दीर्घकालीन सोच बनाउनु हुँदैछ।’

अर्थमन्त्री खतिवडाले बजारको सिद्धान्त अनुसार, धितोपत्र बजारलाई प्रतिस्पर्धात्मक, पारदर्शी र कानून ल्याउदै नियामक निकायको भूमिकालाई बलियो बनाउइएको दावी गरे। उनले शेयरलाई पुँजीपतिको मात्र बजारका रुपमा नबुझ्न आग्रह गरे।

अहिले १५—१६ लाख सर्वसाधारण शेयर बजारमा आवद्ध भएको भन्दै सानो–सानो पुँजी भएकाहरुलाई बजारमा लगानी गर्ने अवसर हुने अर्थमन्त्री खतिवडाको भनाई थियो।

‘आफैले ठूलो जोखिम लिन नसक्ने, उद्योग नै खोल्न नसक्ने तर जोखिममा कुनै न कुनै रुपमा सहभागी हुन्छु भन्ने चाहने साना मझौला बचतकर्ताहरुको लागि पनि पुँजी बजार उपयुक्त माध्यम हो।’

उनले नेपालीहरु थोरै पुँजी भएपनि कुनै न कुनै माध्यमबाट सम्पत्तिको मालिक बन्न सक्ने व्यवस्था गरिएको बताए। थोरै आय भएका सर्वसाधारण पनि शेयर बजारमा लगानी गर्न सकुन् भनेर विभिन्न व्यवस्था गरिएको समेत उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *