आईसीसी टी–२० वरियताः पारसको खस्कियो, सन्दीपको सुधार

डिसी नेपाल
२९ फागुन २०७६ १७:११

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–२० खेलाडीको वरियतामा नेपालका पारस खड्काको वरियता खस्किएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियता अनुसार पारसको ब्याटिङ वरियता खस्किएको हो ।

ब्याटिङ वरियतामा पारस ७५ औं स्थानमा रहेका छन् । यसअघि उनी ६३ औं स्थानमा रहेका थिए । थाइल्याण्डमा सम्पन्न एसीसी इस्टर्न रिजन पुरुष टी–२० कप क्रिकेटमा खराब प्रदर्शन गरेपछि पारसको वरियता झरेको हो । नेपालका ग्लोबल आइकन सन्दीप बलिङ वरियतामा भने दुई स्थान सुधार भएको छ । नयाँ वरीयतामा सन्दीप ८४ औं स्थानमा उक्लिएका छन् । यस अघि सन्दीप ८६ औं स्थानमा रहेका थिए ।

पारसको अलराउण्डरतर्फको वरियता यथावत रहदा करण केसीको वरीयता भने खस्किएको छ । पारस २६ औं र करण ८८ औं स्थानमा रहेका छन् । यस्तै सोमपाल कामीको अलराउण्डतर्फको वरियता यथावत रहेको छ । उनी ७३ औं स्थानमा रहेका छन् । टी–२०को राष्ट्रिय वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ । यस्तै,एकदिवसीय वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *