बी डिभिजन लिगः खुमलटार र टुसालको बराबरी

डिसी नेपाल
२९ फागुन २०७६ १९:४२

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लब र टुसाल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिबार भएको खेलमा खुमलटार र टुसालले २–२ गोलको बराबरी खेलेको हो ।

रोमान्चक बनेको खेलको सातौं मिनेटमा मोहित गुरुङले गोल गर्दै टुसाललाई अग्रता दिलाएका थिए । तर, खेलको १६ औं मिनेटमा महेश राईले गोल गर्दै खुमलटारलाई खेलमा फर्काए ।

खेलको २० औं मिनेटमा कप्तान सबिन केसीले पेनाल्टीमा गोल गर्न नसक्दा खुमलटार अग्रता बनाउन चुक्यो । खेलको ३० औं मिनेटमा सबिनले गोल गर्दै खुमलटारलाई २–१ को अग्रता दिलाए ।तर, खेलको ६२ औं मिनेटमा सन्तोष दाहालले गोल गर्दै टुसाललाई हारबाट जोगाए ।

टुसालसँगको बराबरीसँगै खुमलटारले ४ खेलमा १० अंक जोडेको छ । खुमलटार लिगको तेस्रो स्थानमा रहेको छ । टुसाल ७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *