भारत र दक्षिण अफ्रिकाको बाँकी खेल खाली स्टेडियममा हुने

काठमाडौं । भारत र दक्षिण अफ्रिका बीच तीन एकदिवसीय सीरीजको दोस्रो खेल आइतबार लखनऊको अटल बिहारी वाजपेयी स्टेडियममा खाली स्टेडियममा हुने भएको छ। उक्त खेलमा दर्शकहरूको लागि खेल हेर्न कुनै व्यवस्था गरिएको छैन। यो निर्णय कोरोना भाइरसको कारण लिईएको बीसीसीआईले जनाएको छ ।
वनइंडियाको समाचार अनुसार बीसीसीआईका अधिकारीहरूले प्रतियोगितालाई बन्द स्टेडियममा राख्ने निर्णय गरेका हुन् । भारत र दक्षिण अफ्रिका बिच तेस्रो खेल कोलकाताको इडन गार्डनमा हुनेछ र यो खेल पनि खाली स्टेडियममा खेलिने छ। दोस्रो र तेस्रो खेलको टिकट खरीद गरेका व्यक्तिलाई पैसा फिर्ता गरिने बीसीसीआईले जनाईएको छ ।
हिजो धर्मशालामा हुनुपर्ने पहिलो खेल बर्षाको कारणले रद्द भएको थियो । भारत सरकारको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणको रोकथामका लागि केही महत्त्वपूर्ण दिशानिर्देशहरू जारी गरेको छ र त्यसको अनुसरण गर्दै, बीसीसीआईले बाँकी दुई खेल भारत र दक्षिण अफ्रिका बीच बन्द स्टेडियममा आयोजित गर्ने निर्णय गरेको छ ।
Facebook Comment