कोरोनाको त्रासमै ओलम्पिकको दिप प्रज्वलन

एजेन्सी । टोकियो ओलम्पिकको मशालमा दिप प्रज्वलन बुधबार जापानको प्राचिन ओलम्पीयामा प्रज्ज्वलित गरिएको छ । बुधबार स्थानीय समय अनुसार १२ बजेर १० मिनेटमा ग्रीसकी अभिनेत्री जांथी जियोर्जियोउले ग्रिसको प्रधान पुजारीको रुपमा कन्केभ ऐनाको मद्दतले सूर्यको किरण बाट उक्त दिप प्रज्वलन गरेकी हुन् ।
कोरोना भाईरसको त्रासको कारण उक्त समारोहमा कसैलाई सहभागिता जनाउने अनुमति दिईएको थिएन ।
प्राचिन ओलम्पीया बाट यो ज्वाला आठ दिनमा ग्रिस पुग्नेछ र ग्रिसमा टोकियो ओलम्पिक २०२० को आयोजक लाई उक्त ज्वाला हस्तान्तरण गरिने छ । हस्तान्तरण कार्यक्रम १९ मार्चको दिन पानाथेनिएक स्टेडियममा हुनेछ जाहा पहिलो आधुनिक ओलम्पिक खेलिएको थियो ।
ओलम्पिक दिप पुरै सन्सार भ्रमण गरेर जुलाईको अन्त्यमा जापान पुग्नेछ जाहा २४ जुलाई देखी अगस्त ९ सम्म ओलम्पिक आयोजना हुदैछ । यस भन्दा अगाडि जापानले सन १९७४ मा ओलम्पिक आयोजना गरेको थियो ।
Facebook Comment