पहिलो एकदिवसीयमा अष्ट्रेलियाकाे फराकिलो जित

एजेन्सी । घरेलु टोली अष्ट्रेलियाले तीन खेलको एकदिवसिय सिरिज अन्तर्गत पहिलो खेलमा न्युजिल्यान्डलाई ७१ रनले पराजित गरेको छ ।
जितका लागि २ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४१ ओभरमा १ सय ८७ रनमा अल आउट हुन पुग्यो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले ७३ बलमा १ चौका र १ छक्का सहित सर्वाधिक ४० रनको योगदान दिए । यस्त्ै कोलिन डी ग्रान्डहोमले २५, मिचेल सान्टनार र ईश सोधीले १४–१४ रन जोडे । अष्टेलियाका प्याट कमिन्स र मिचेल मार्शले ३–३ विकेट लिए । जोश हेजलवुड र एडम जम्पाले २–२ विकेट लिए ।
त्यसअघि सिड्नीमा टस जितेर ब्याटिङ रोजेको अष्टे«लियाले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५८ रन बनाएको थियो । ओपनर डेविड वार्नरले ८८ बलमा ९ चौका सहित सर्वाधिक ६७ रनको योगदान दिए । त्यस्तै कप्तान आरोन फिन्चले ७५ बलमा ६० रन बनाउँदा मार्नस लाबुसेनले ५६ रनको योगदान दिए । न्युजिल्यान्डका स्पिनर ईश सोधीले ३ विकेट लिए। लोकी फर्गुसन र मिचेल सान्टनारले २–२ विकेट लिए ।
दोस्रो खेल आइतबार सिड्नीमा हुने छ । कोरोना भाईरसको कारण पहिलो खेल खाली स्टेडियममा भएको थियो । बाँकी सबै खेल पनि खाली स्टेडियममै हुने छन् ।
Facebook Comment