इंग्ल्याण्ड र श्रीलंकाबीचको टेष्ट क्रिकेट स्थगित

काठमाडौं । कोरोनाभाइरसको कारण इंग्ल्याण्डले श्रीलंकाविरुद्धको टेष्ट सिरीज स्थगित भएको छ । विश्वभर फैलिरहेको कोरोनाको त्रासका कारण इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले शुक्रबार श्रीलंका क्रिकेटसंग छलफल गरेर टेष्ट स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।
टेष्ट स्थगित गर्दै इसीबीले आफ्नो खेलाडीलाई तत्काल इंग्ल्याण्ड फिर्ता बोलाउने भएको छ । विश्व स्वास्थ संगठनले कोरोनालाई महामारी घोषणा गरेपछि अहिलेको अवस्थामा खेलाडी तथा स्टाफको शारीरिक र मानिसक सुरक्षा मुख्य विषय रहेको ईसीबीले जनाएको छ ।
श्रीलंकाको गल्लेमा मार्च १८ देखि टेष्ट सुरु हुने तय थियो । कोरोनाको त्रासका कारण अहिले विश्व खेलकुद नै प्रभावित बनेको छ ।
प्रतिक्रिया
Facebook Comment