भारत र दक्षिण अफ्रिकाबीचको एकदिवसीय सिरिज रद्द

एजेन्सी । भारत र दक्षिण अफ्रिकाबीचको एकदिवसीय सिरिज रद्द भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको कारण अन्तराष्ट्रिय एकदिवसीय सिरिज रद्द भएको हो ।
बिहिबार तय भएको पहिलो खेल खराब मौसमका कारण हुन सकेको थिएन । सिरिजका बाँकी दुई खेल लखनउ र ईडेन गार्डेनको बन्द रंगशालामा खेलाउने बताईएको थियो । तर भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले सरोकारवालासंग छलफल गर्दै सिरिज रद्द गर्ने निर्णय गरेको हो । दक्षिण अफ्रिकाको टिम अब स्वदेश फर्किने बताइएको छ ।
यस्तै, भारतमा हुने इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) समेत कोरोनाको त्रासका कारण १७ दिन पछाडी सरेको छ । बीसीसीआईले खराब अवस्थालाई ध्यानमा राखेर सो निर्णय लिएको जनाएको छ ।अब आईपीएल अप्रिल १५ बाट सुरु हुनेछ । यसअघि मार्च २९ बाट आईपीएल सुरु गर्ने तयारी थियो ।
Facebook Comment