कोरोना भाइरस इपिसेन्टर वुहानमा शुक्रबार मात्र ५ जना नयाँ संक्रमित

डिसी नेपाल
३० फागुन २०७६ २१:५३

काठमाडाै‌। विश्वभर नै आतंक मच्चाइरहेको कोरोना भाइरसको ग्राउण्ड जिरो चीनको वुहानमा शुक्रबार मात्र ५ जना नयाँ संक्रमित फेला परेको चिनियाँ अधिकारीको हवला दिँदै समाचार एजेन्सी रोयर्टसले जनाएको छ।

यसअघि नियिाँ स्वास्थ्य परिषद्ले हुवेईमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या ८ मा झरेको भन्दै चीन भाइरसको उच्च खतरनाक अवस्थाबाट मुक्त भएको घोषणा गरेको थियो। वुहानमै पहिलो पटक कोरोना भाइरसको संक्रमण भएको थियो। र वुहानकै माछा बजारबाट यो भाइरस फैलिएको अनुमान छ।

चीन सरकारले भाइरसको प्रकोप नियन्त्रण्का लागि कडा कदम उठाएको थियो। वुहान शहरलाई नै क्वारेन्टाइनमा राखिएको थियो भने वुहानलाई अन्य शहरबाट सम्बन्धबिच्छेद गरिएको थियो।

केही दिन अगाडिमात्र चिनियाँ राष्ट्रपति सी चिनफिङले वुहानको भ्रमण गरेका थिए।

चीनमा पछिल्ला दिनहरुमा संक्रमणका नयाँ मामिला आउने क्रम निकै घटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। चीनमा यो भाइरसको प्रकोप घट्दै गए पनि विश्वका अन्य मुलुकमा भने बढ्दै गएपछि विश्वस्वास्थ्य संगठनले यसलाई विश्वव्यापी महामारी घोषणा गरेको छ।

चीनभन्दा बाहिर सबैभन्दा धेरै इटाली प्रभावित भएको छ। जहाँ करिब १७ हजार संक्रमित हुँदा मृत्यु हुनेको संख्या १००० पुगेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन्। दक्षिण कोरिया र इरानमा पनि यो भाइरस निकै बढेको छ। यूरोपेली मुलुक स्पेनमा शुक्रबार कोरोना भाइरसका कारण मर्नेको संख्या १०० पुगेपछि त्यहाँ संकटकाल घोषणा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *