वीरगञ्ज नाकाबाट मात्रै ३ दिनमा १ सय २८ ग्यास बुलेट भित्रिए

डिसी नेपाल
१ चैत २०७६ ९:११

पर्सा । पर्साको वीरगञ्ज नाका भएर पछिल्लो ३ दिनमा १ सय २८ वटा ग्यास बुलेट भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार कुल २२ लाख ६३ हजार १ सय १० किलोग्राम खाना पकाउने एलपी ग्यास बोकेका १ सय २८ वटा ग्यास बुलेट मंगलवार, बुधवार र बिहीवार गरी ३ दिनमा वीरगञ्ज भन्सार नाका भएर भित्रिएका हुन्।

बजारमा खाना पकाउने एलपी ग्यास नपाइने गरेको जनगुनासो बढी रहेको बेला वीरगञ्ज नाका भएर अन्य सामान्य अवस्थाका दिनमा जस्तै ग्यास बोकेका बुलेट आइरहेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमल साहले बताए।

गोरखापत्र दैनिक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *