न्युजिल्यान्डका बलर फर्गुसन पनि क्वारेन्टाइनमा

मेलबर्न। न्युजिल्यान्डका बलर ल्युक फर्गुसन पनि क्वारेन्टाइनमा बसेको न्युजिल्यान्ड क्रिकेट संघले बताएको छ। अस्ट्रेलियाविरुद्धको एकदिवसीय शृंखलाका लागि मेल्बोर्नमा रहेको न्युजिल्यान्ड क्रिकेट टोलीमा रहेका फर्गुसनलाई घाँटीमा समस्या देखिएकाले स्वास्थ्यकर्मीको सल्लाहअनुसार आगामी २४ घण्टाका लागि ‘आइसोलेलसन’मा राखिएको संघले जानकारी दिएको हो।
‘एकचोटी उनको परिक्षणको रिपोर्ट आएपछि उनको उपचार र टोलीमा पुनरागमन हुने हो भन्ने टुङ्गो लाग्ने छ,’ न्युजिल्यान्ड क्रिकेट संघद्वारा जारी विज्ञप्तीमा भनिएको छ।
शुक्रबार ४८ हजार दर्शक क्षमता भए पनि बिना दर्शक भएको पहिलो एकदिवसीयमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ७१ रनले पराजित गरेको थियो। अस्ट्रेलियाका तीब्र गतिका बलर केन रिचार्डसनमा पनि लक्षण देखिएकाले आइसोलेसनमा थिए। तर, रिपोर्टमा भाइरस प्रभाव नदेखिएपछि टोलीमा फर्किसकेका छन्।
दर्शक बिना यी दुई टोलीबीचको दोस्रो एकदिवसीइ आइतबार हुनेछ।
Facebook Comment