कोरोना त्रासः अष्ट्रेलिया र न्युजिल्याण्डबीचको सिरिज रद्द

एजेन्सी । कोरोना भाईरसका कारण अष्ट्रेलिया र न्युजिल्याण्डबीचको एकदिवसीय सिरिज समेत रद्द भएको छ । कोरोना भाईरसको महामारी र यात्राको प्रतिबन्धबाट बन्च न्युजिल्याण्डको टिम अब घर फर्कने भएको छ ।
पछिल्लो रिपोर्ट अनुसार अष्ट्रेलियामा सुरु भएको एकदिवसीय सिरिजसंगै न्युजिल्याण्डबिरुद्ध हुने तीन म्याचको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज समेत रद्द भएको छ ।
शनिबार बिहान न्युजिल्याण्डको सरकारले सिमा प्रतिबन्ध कडा गरेको छ । र अष्ट्रेलियाबाट आफ्नो देश फर्कनेले १४ दिन आईसोलेशनमा रहनुपर्नेछ । प्रतिबन्ध आईतबार मध्यरातबाट सुरु हुने बताईएको छ ।
अष्ट्रेलिया र न्युजिल्याण्डबीच सुरु तीन एकदिवसीय सिरिजको पहिलो खेल शुक्रबार सिड्नी क्रिकेट मैदानमा दर्शकबिनै खाली रंगशालामा सुरु गरिएको थियो । सो खेलमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ७१ रनले हराएको थियो ।
न्युजिल्याण्डले तिव्र गतिका बलर लोकी फर्गुसनलाई टिमबाट अलग राखेको छ । घाँटीमा समस्या देखिएसंगै उनलाई टिमबाट बाहिर राखेर परिक्षणमा राखिएको छ । उनको रिपोर्ट आउन बाँकी रहेको छ ।
Facebook Comment