रोनाल्डिन्होले जेलमा फुटसल खेले, ५ गोल गरे, ६ गोलमा असिस्ट गरे

काठमाडौं। ब्राजिलियन स्टार रोनाल्डिन्होले जेलमा फुटसल खेलेका छन् । उनले जेलभित्र भएको खेलमा आफ्नो टिमका लागि ५ गोल गरेका छन् । उनले ६ वटा गोलमा असिस्ट गरे । उनको टिमले ११–२ गोल अन्तरले जित्दा आफ्नो टिमका सबै गोलमा रोनाल्डिन्होको योगदान रह्यो ।
३९ वर्षका रोनाल्डिन्हो अहिले नक्कली पासपोर्ट बोकेर यात्रा गरेको अभियोगमा पाराग्वेको जेलमा छन् । तर, जेलमा परे पनि यी पूर्व अट्याकिङ मिडफिल्डरलाई आफ्नो उत्कृष्ट फुटबल कला देखाउन भने कसैले रोक्न सकेको छैन । रोनाल्डिन्होले सुरुमा जेलमा हुने खेलमा सहभागी हुन अस्वीकार गरेका थिए तर फुटसल मैदान नजिकै एक सुरक्षाकर्मीसँग कुरा गरिरहेका उनलाई देखेपछि फुटसल खेलिरहेका खेलाडीहरुले बोलाए र रोनाल्डिन्हो मैदानमा उत्रिएका थिए ।
प्रतिक्रिया
Facebook Comment