क्वारेन्टाइनबाटै मेस्सीले पठाए सन्देश – ‘यी सबैका लागि कठिन दिनहरु हुन्’

डिसी नेपाल
२ चैत २०७६ ११:२०

काठमाडौं। विश्व खेलकुदका अरु हस्तीहरुले जस्तै बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले पनि विश्वभरका मानिसहरुलाई कोरोनाभाइरसको महामारीको बीचमा घरमै बस्न सुझाव दिएका छन् । अहिले मेस्सी आफैं पनि क्वारेन्टाइनमा बसेका छन् । मेस्सीसँगै पूरै बार्सिलोनाको टिम क्वारेन्टाइनमा छ । ‘यी सबैका लागि कठिन दिनहरु हुन्’ मेस्सीले आफ्ना दुई छोराहरुसँग घरमै बसेको तस्वीर सामाजिक संजालमा पोस्ट गर्दै लेखेका छन् ।

मेस्सीले कोरोनाभाइरस पीडितहरु तथा यसको प्रकोपबाट मानिहरुलाई बचाउन अस्पतालमा संघर्षरत स्वास्थ्यकर्मीहरुलाई धेरै हिम्मत पठाउन चाहेको बताएका छन् । ‘स्वास्थ्य जहिले पनि सुरुमा आउँछ’ उनले लेखेका छन् ‘यो निकै आधारण समय हो र यो बेला हामीले स्वास्थ्य संस्था र सार्वजनिक निकायको निर्देशन मान्नुपर्छ । यो एकमात्र बाटो हो जसबाट हामीले यसलाई प्रभावकारी ढंगले परिवर्तन गर्न सक्छौं ।’

मेस्सीले मानिसहरुलाई घर नछाड्न सचेत गराएका छन् । ‘यो जिम्मेवार बन्ने समय हो र घरमै बस्नुस्’ उनले लेखेका छन् ‘साथमा तपाइँका प्रियजनसँग बस्ने यो उपयुक्त समय हो जुन तपाईले सधैं गर्न सक्नुहुन्न ।’ बार्सिलोनाले १५ दिनको लागि सबै गतिविधि रद्द गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *