वेस्टइण्डिज क्रिकेट बोर्डले एक महिनाको लागि सबै प्रतियोगिता रद्द गर्‍यो

डिसी नेपाल
२ चैत २०७६ १२:१५

काठमाडौं । वेस्टइण्डिज क्रिकेट बोर्डले मार्च १७ देखि आगामी एक महिनाको सम्पूर्ण खेल तथा फेस टु फेस मिटिङहरु स्थगित गरेको छ । वेस्टइण्डिज मेडिकल कमिटीले कोरोनाभाइरसको बढदो प्रकोप लाई ध्यानमा राखेर यो निर्णय लिएको हो । कोरोनाभाइरसको कारण हाल बिभिन्न क्रिकेट प्रतियोगिताहरु स्थगित भइरहेको छ ।

वेस्टइण्डिज क्रिकेटका मेडिकल अफिसर इजराइल दवलत एक वक्तव्य जारी गर्दै भनेका छन ‘हाम्रो खेलाडी, अफिसियल र स्टाफ हरुको सुरक्षा र स्वास्थ्य वेस्टइण्डिज क्रिकेटको लागि सबैभन्दा महत्वपूर्ण हो, हामीले बोर्ड अफ डाइरेक्टरहरुलाई सुझाव दिएका छौ कि भाइरसको प्रकोपलाई कम गर्न सक्रिय रुपमा नीतिहरु नियमहरु निर्माण गर्दै त्यस्को पालना गरौं ।’

वेस्टइण्डिज च्याम्पियनसिपको अंतिम दुई चरणको खेलहरु बाँकी रहेको छ जुन २६ मार्च र २ अप्रिलदेखि हुने भएको थियो तर उक्त खेललाई पनि स्थगित गरिएको छ । यो निर्णय पछि महिला सिएमआई सुपर ५० कप, युवा अन्डर १५ रिजनल च्याम्पियनसिप र यू १९ महिला च्याम्पियनसिप पनि स्थगित भएको छ ।

यो निर्णयसँगै एटिङामा १७ र १८ अप्रिलमा हुने वेस्टइण्डिज क्रिकेट बोर्ड डाइरेक्टरको मिटिङ पनि हाललाई स्थगित गरिएको छ । यो निर्णय सगै वेस्टइण्डिजले ४ जुन बाट खेल्ने सिरीजमा कुनै किसिमको प्रभाव परेको छैन । कोरोना भाईरसको कारण भारत दक्षिण अफ्रीका, अस्ट्रेलिया न्यूजील्याण्ड वनडे सीरिज र श्रीलंका इंग्ल्याण्ड टेस्ट सीरिज रद्द भैसकेको छ । यो सँगै संसारकै सबैभन्दा ठूलो लिग आइपीएल पनि १५ अप्रिल सम्मको लागि सारिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *