आफैंमा द्विविधाग्रस्त राप्रपा एकीकरणकाे अन्तरकथा

डिसी नेपाल
२ चैत २०७६ १२:३३

जन्मिदै फुटबाट जन्मिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अहिले फेरि एकीकृत भएको छ । अहिले आएर राप्रपा एकीकरण किन भयो? सामान्यतया दलहरुले चुनावको मुखमा एकीकरण गरेर चुनावमा होमिने र एकताको सन्देशको बलमा मतदातालाई आकर्षित गरेर चुनाव जित्ने रणनीतिका दलहरुले एकीकरण गर्थे।

यसको पछिल्लो उदाहरण गएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा एकीकरणको घोषणा गरेको नेकपा हो । एकीकरणको घोषणा गरेसँगै निर्वाचनमा पनि त्यसको प्रभाव देखिएको थियो र तत्कालीन बाम गठबन्धनले झण्डै २ तिहाइको हाराहारीमा बहुमत पनि पाएको थियो । दलीय पद्धति भएका सबैजसो मुलुकमा दलहरुले एकीकरण वा तालमेल गर्ने परिपाटी देखिएकै हो।

तर, नेपालमा अहिले आएर राप्रपा एकीकृत हुनलाई ठूलो अर्थपूर्ण मानिएको छ र राजनीतिमा चासो राख्ने वा विश्लेषण गर्नेले दुई राप्रपाबीचको एकीकरणलाई राम्रै स्थान दिएका छन्। एक थरीले के पनि अनुमान गरेका छन् भने यो एकीकरणको केही अर्थ छैन। यी दल हिजो पंचायतमा राजाको गुणगान गाउने र जनतलाई चुस्ने बानी परेका नेताहरुको एकीकरण हो पनि भनेका छन्।

लाभको लागि एउटाले गणतन्त्रको नारा लगाउने, अर्कोले राजतन्त्र भन्ने र अर्कोले हिन्दू राष्ट्रमात्र भए पुग्छ भन्न थाल्ने हो भने यिनीहरु एकीकृत भएका हुन् भन्ने विश्वास गर्ने आधार नै रहँदैन । एकीकृत भएको दलको एजेण्डा र सिद्धान्त एउटै हुन्छ

हिजो पंचायत कालमा लागेका सबै जना दलीय पद्धति विरोधी हुन् पनि भनेका छन्। दलीय पद्धतिप्रति रुची नराख्नेले दल बनाएर दलको राजनीति गर्छ भनेर कसरी बुझ्ने? यिनीहरु दलीय पद्धतिमा विश्वास नराखेरै राजनीतिक पात्र बने। आज यी दलीय राजनीतिका दलीय पात्र कसरी हुन सक्छन्? जसको दलप्रतिको नै विश्वास छैन भने त्यस्तो समूहले कसरी दल बनाउँछ र कसरी संगठन निर्माण गर्छ? कसैले पनि यी प्रति विश्वास गरेका छैनन्।

हिजो एक खाले मानिसले, जो पंचायतको समर्थन गर्थे, ती भोटरले यी दललाई भोट दिएका पनि हुन्। हुन्छ र सक्छौ भने गर पनि भनेका थिए। जनताले संकेत पनि गरेका थिए। तर त्यो जनताको संकेतलाई यिनीहरुले बुझेनन् र त्यसलाई सही ढंगले भूमिका निर्वाह गर्न पनि सकेनन्।

जनताले दिएको भूमिका अनुसार काम गरेको भए यिनीहरुमाथि जनताको विश्वास बढ्थ्यो र यिनीहरु राजनीतिक पात्र पनि हुन सक्थे। साथै भोलि सरकारमा पुग्न पनि सक्थे। तर यिनीहरुले जनताको त्यो अभिमतलाई बुझ्न नसकेर आफ्नो स्वार्थ पूरा गर्ने अनि त्यसलाई आफ्नो स्वार्थको लागि प्रयोग गर्ने जुन काम हिजो यिनीहरुले गरे, त्यसले गर्दा जनताले यिनीहरुलाई शून्यमा झारे।

आज आम जनताको बुझाई यी हिजो पनि दलीय पद्धतिमा विश्वास नराख्ने, दलीय पद्धति स्वभाव, कल्चरमा नभिजेका र दल खोलेर राजनीतिक पद्धति र संगठन चलाएर पार्टी पद्धतिलाई मानेर सत्तामा पुग्छन् र देश चलाउँछन् भन्ने विश्वास जनतामा छैन।

त्यो विश्वास जित्न, पर्खिन र गर्न अर्को २० वर्ष लाग्छ। कसैको पुच्छर लागेर एक दुई जना मानिस मन्त्रिपरिषदमा प्रवेश गरेर मन्त्रीसम्म खान सक्लान् त्यो अर्को कुरा हो। तर दलको नेतृत्वमा जनताले पत्याएर सत्तामा पुर्याउने वा बहुमत लिएर आएर सत्ता हत्याउने र सरकार गठन गर्न सक्ने विषय अर्को २० वर्ष त्याग गर्न सके भनेमात्रै संभव छ। अन्यथा राप्रपाको कुनै भविष्य छैन।

किनभने यिनीहरुले एकीकृत भएर हिन्दू धर्म र संवैधानिक राजा र राजासहितको संसदीय प्रजातन्त्र भनेर संगठित भएर यही सिद्धान्त र मर्मलाई बोकेर हिँडेका भएपनि जनताले विश्वास गर्थे। यिनीहरु आफैंमा द्विविधाग्रस्त छन्।

एउटा अर्कोतिर फर्केर गणतन्त्रको ढ्वाङ फुक्छ, अर्को अर्कातिर फर्केर राजतन्त्रको नारा लगाउँछ। अर्को राजतन्त्र फर्केर आउने कुरा छैन, हिन्दु राज्यको कुरा हो हाम्रो भनेर भन्छन्। यिनीहरु आफू आफूमै एजेण्डा र सिद्धान्तमा प्रस्ट छैनन् भने जनतालाई आफ्नो एजेण्डा प्रस्ट पारेर विश्वासमा लिन सक्ने कुरै आउँदैन ।

यी आफैंमा द्विविधाग्रस्त छन्। नीतिमा बाँधिन सकेका छैनन्। सिद्धान्तमा अडिग छैनन्। पार्टीको सिद्धान्त र मूल मर्म यो हो भनेर तलदेखि माथिसम्म सबै तप्काले पार्टी सिद्धान्त बनाउन बोक्न र लिएर हिँड्न सकेका छैनन्। उनीहरु आफैंमा अन्योलग्रस्त छन् । उनीहरुको कार्यशैली हेर्दा लाग्छ यिनीहरु राजनैतिक दलको रुपमा जनताबाट अनुमोदिन भएको सत्ताको नेतृत्व गर्ने उद्देश्यसहित आएकै होइनन्।

बरु कुनै अर्को दलको दौराको फेर समाएर एक दुई जना सत्तामा गएर सत्ताको स्वाद चाक्ने र केही स्वार्थ पूरा गर्ने ध्येयमा मात्र देखिन्छन् । आलोपालो गरेर सत्तामा पुग्न सकिहालियो भने २–४ लाभ लिन पाइहालिन्छ भन्ने भन्दा धेरै उनीहरुको केही उद्देश्य देखिँदैन ।

लेखक : जगदीश दाहाल

त्यस्तो राजनीतिक शक्तिले दलीय संस्कार, पद्धति र राजनीतिक दलको माध्यमबाट जनताको अभिमत जितेर सत्ता चलाउँछ भन्ने कुरा कसरी विश्वास गर्न सकिन्छ?

अर्को कुरा यिनीहरुको अहिलेको एकीकरणलाई विभिन्न किमिसले विश्लेषण गरिएको छ। केही समय अगाडिको पूर्व राजाको भारत भ्रमणसँग पनि यो एकीकरणलाई जोडिएको छ । (जे सुकै उद्देश्यले होस् राजा दिल्ली गए, राजाको उच्च राजनीतिक भेटघाट पनि थियो।

यी कुरा मिडियामा आउनु, राजाको भारतमा उच्च राजनैतिक भेटघाट, नेपालमा भारतका नयाँ राजदूतको आगमन, भारतीय राजदूतले जुन किसिमको राजनीतिक भेटघाट सक्रियता देखाए, त्यही बीचमा मधेस केन्द्रित दल एक ठाउँमा आउने प्रकारले गतिविधि गर्नु, त्यसमा भारतीय राजदूतको चासो, सरोकार र सुझाव रहेको छ भन्ने चर्चा पनि बाहिर आउनुले अहिले राप्रपा एकीकरण यिनीहरुको खुशीले नभएर कसैको दबावमा गरिएको हो भन्ने कुरा राजनीतिक विश्लेषकहरुले भन्ने गरेका छन्।

एउटा अर्कोतिर फर्केर गणतन्त्रको ढ्वाङ फुक्छ, अर्को अर्कातिर फर्केर राजतन्त्रको नारा लगाउँछ। अर्को राजतन्त्र फर्केर आउने कुरा छैन, हिन्दु राज्यको कुरा हो हाम्रो भनेर भन्छन्। यिनीहरु आफू आफूमै एजेण्डा र सिद्धान्तमा प्रस्ट छैनन् भने जनतालाई आफ्नो एजेण्डा प्रस्ट पारेर विश्वासमा लिन सक्ने कुरै आउँदैन ।

होइन भने गीताको ग्रन्थ छोएर कसम किन खाइन्छ। गीता, बाइवल र कुरान छोएर कसम खाएर संसारमा कुन राजनीतिक दल गठन भएर चलेका छन्? जनताले पत्याएर चले, कामले विश्वास दिलाएर चले, कसम खाएर कुन दल चले? नेपालमा यिनीहरुले गीता ग्रन्थलाई छोएर कमस खाँदैमा यिनीहरुलाई कसले पत्याउने? के हो तिम्रो सिद्धान्त, के हो तिम्रो देश बनाउने रणनीति? यो हो विश्लेषकहरुको तर्क।

विश्वमा एउटा हिन्दुहरुको आस्थाको केन्द्र हिन्दु राज्य रहोस भन्ने अहिलेको सत्ताधारी राजनीतिक शक्ति भारतको पनि चाहना हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि चाहना हो।

कुनै न कुनै रुपमा आफ्नो धार्मिक भूमिका मात्रै लिएर भएपनि शाह वंशीय राजसंस्थाको निरन्तरता रहोस भन्ने पूर्व राजा ज्ञानेन्द्रमा पनि चाहना छ र नेपालमा अधिकांश हिन्दु धर्मावलम्बी नेपाली नागरिकको पनि हिन्दू राज्य रहोस र सांस्कृतिक राजमात्रै भएपनि परम्परा जोगियोस र राजा रहोस भन्ने चाहना हुँदै नभएको भने होइन।

अब यसलाई कतै भारतको समर्थन र नेपालमा सशक्त रुपमा यो कुरालाई बोकेर जनतामाझ गएर जनमत बनाउन आवश्यक पर्ने एउटा राजनीतिक शक्तिको रुपमा राप्रपालाई भारतले अगाडि सार्न खाजेको हो कि! त्यही सुझाव वा बाध्यतामा परेर यिनीहरुले एकीकरण गरेका हुन कि!

तर जे गरका भएपनि यिनीहरुमाथि जनताको विश्वास छैन। जनताको विश्वास जित्न यिनीहरुले निरन्तर त्याग देखाएर सिद्धान्तमा अडिग रहेर जनतामाझ ३० वर्षसम्म काम नगरी जनताले यिनीहरुलाई सत्तामा पुर्याउने संभावना भने क्षीण छ। क्षणिक लाभको लागि सिद्धान्तबाट विचलित हुने, अगाडि जस्ता मतदाता छन् तिनलाई रिझाउन उनीहरुसँगै बोली मिलाउने गर्न थाले भने यिनीहरुको विश्वास रहँदैन।

लाभको लागि एउटाले गणतन्त्रको नारा लगाउने, अर्कोले राजतन्त्र भन्ने र अर्कोले हिन्दू राष्ट्रमात्र भए पुग्छ भन्न थाल्ने हो भने यिनीहरु एकीकृत भएका हुन् भन्ने विश्वास गर्ने आधार नै रहँदैन । एकीकृत भएको दलको एजेण्डा र सिद्धान्त एउटै हुन्छ । सिद्धान्त र एजेण्डामा एकरुपता देखाउनै नसक्ने तर एकीकृत भयौं भनेर हल्ला गर्दैमा त्यसलाई जनतालाई पत्याउँदैनन् । उनीहरुले बुझे हुन्छ जनता भेडा होइनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *