कोरोनाभाइरसः रोनाल्डोले आफ्ना होटललाई अस्पताल बनाउने, निःशुल्क उपचार सेवा दिने

काठमाडौं। इटलियन क्लव युभेन्टसका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले कोरोनाभाइरस संक्रमितलाई उपचार सेवा दिनको लागि आफ्नो होटललाई अस्पताल बनाउने भएका छन् । स्पेनिस मिडिया मार्काका अनुसार रोनाल्डोले पोर्चुगलमा रहेका आफ्ना सिआर सेभेन ब्राण्डका होटलहरुलाई अस्पतालमा रुपान्तरण गर्न लागेका हुन् ।
यी अस्पतालमा उपचार गराउँदा कुनै शुल्क लाग्ने छैन । अस्पतालमा कार्यरत डाक्टर र अन्य कर्मचारीलाई रोनाल्डो स्वयंले पारिश्रमिक दिनेछन् र यहाँ लाग्ने औषधी, मेडिकल उपकरण लगायतको खर्च पनि रोनाल्डो आफैंले व्यहोर्नेछन् ।
प्रतिक्रिया
Facebook Comment