कोरोनाविरुद्ध सँयुक्तरुपमा लड्ने सार्क राष्ट्रहरुको घोषणा
काठमाडौं। विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको प्रकोपविरुद्ध सँयुक्तरुपमा रणनीति बनाउन दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का राष्ट्रहरु एकज्ुट भएका छन्।
आइतबार साँझ भिडियो कन्फ्रेन्समाफर्त सार्क राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको सम्मेलन भएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भएको भिडियो कन्फ्रेन्स सम्मेलनमा नेपालका प्रधानमन्त्री तथा सार्कका अध्यक्ष केपी ओली, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अफगानिस्तानका राष्ट्रपति अर्शफ घानी, श्रीलंकाका राष्ट्रपति गोटबाय राजापाक्षे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वजेद, भुटानका प्रधानमन्त्री लोताए छिरिङ. माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह र पाकिस्तानका स्वाथ्यमन्त्री सहभागी थिए।
शुरुमा भारतका प्रधानमन्त्री मोदीले बोल्दै कोरोनाबाट डराउनुभन्दा पनि सँयुक्त रणनीति बनाउन प्रस्ताव गरेका थिए। उनले सार्क राष्ट्रहरुले कोरोना विरुद्ध एउटै प्रोटोकल बनाएर लड्न्ुपर्नेसमेत बताएका थिए।
त्यसपछि अफगान राष्ट्रपति घानीले बोलेका थिए। घानीले कमन फ्रेमवर्कमा काम गर्नुपर्ने प्रस्ताव गरेका छन्। उनले टेलिमेडिशनलाई पनि उपयोग गर्नुपर्ने बताएका छन्। घानीपछि माल्दिभ्सका राष्ट्रपति इब्राहिमले बोलेका थिए। त्यसपछि बोलेका श्रीलंकाका राष्ट्रपति राजापाक्षेले पनि सार्क राष्ट्रहरुले एकज्ुट भएर यो भाइरस विरुद्धको लडाईँमा एकअर्कालाई सहयोग गर्नुपर्ने बताएका थिए।
त्यसपछि बंगलादेशकी प्रधानमन्त्री वाजेदले आफ्नो भनाई राखेकी थिइन्। उनले बंगलादेशमा कोरोनाविरुद्ध भइरहेको सरकारी तयारीबारे जानकारी दिएकी थिइन्। उनले कोरोनाबारे सचेतना जगाउन सामाजिक सञ्जालकोसमेत उपयोग गरिएको बताएकी थिइन्। त्यसपछि प्रधानमन्त्री केपी शर्माले बोलेका थिए। उनले आफ्नो भनाई नमस्तेबाट शुरु गरेका थिए।
प्रधानमन्त्री ओलीले कोरोनाबारे देशमा भइरहेको तयारीबारे जानकारी गराएका थिए। उनले संघीय सरकारदेखि स्थानीय सरकारलेसम्म कोरोनाविरुद्धको रणनीति तयार पारेको जानकारी दिएका दिएका थिए। नेपालका प्रधानन्त्रीपछि भुटानका प्रधानमन्त्री छिरिङले आफ्नो भनाई राखेका थिए।
सार्कदेशमा हालसम्म कोरोना भाइरसका १५० मामिला पुष्टि भएका छन्। जस मध्ये भारतमा मात्र १०८ जना संक्रमित भएका छन्। त्यसपछि पाकिस्तान सबैभन्दा धेरै प्रभावित भएको छ।
Facebook Comment