क्रिस लिनको आक्रमक ब्याटिङ, २० बलमा ९६ रन बनाउदै टिमलाई जिताए

डिसी नेपाल
३ चैत २०७६ १२:२१

काठमाडौं । पाकिस्तानमा भइरहेको पाकिस्तान सुपर गिल (पिएसएल) अन्तर्गत आइतबार मुल्तान सुल्तांस र लाहौर कलंदर्स बिच भएको खेलमा लाहौर कलंदर्सले जित हात पारेको छ ।

कलंदर्स लाई जिताउन अष्टे्रलियन खेलाडी क्रिस लिनले आक्रमक ब्याटिङ गर्दै ५५ बलमा १२ चौका र ८ छक्काको मद्दतले ११३ रनको अबिजित पारी खेलेका थिए ।

दर्शक बिना खाली स्टेडियममा भएको खेलमा मुल्तान सुल्तांसले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८६ रन बनाएको थियो । चार रनमै पहिलो विकेट गुमाएको मुल्तानको लागी कप्तान शान मसूद (४२), रबि बोपारा (३३), र खुशदिल शाहले २९ बलमा ५ चौका र ६ छक्काको मद्दतले अबिजित ७० रन बनाएका थिए ।

जवाफि ब्याटिङमा आएको कलंदर्सले १८.५ ओभरमा १ विकेट मात्रै गुमाएर लक्ष्य पुरा गुर्‍यो । कलंदर्सको जितमा टिमका ओपनर अष्टे्रलियन खेलाडी क्रिस लिनको अहम योगदान रहयो । उनी बाहेक अर्का ओपनर फखर जमांले पनी उत्कृष्ट ब्याटिङ गर्दै ३५ बलमा ७ चौका र २ छक्काको मद्दतले ५७ रन बनाएका थिए ।

क्रिस र फखरले पहिलो विकेटको लागी ९ ओभरमा १०० रनको साझेदारी गरेका थिए । फखर आउट भएपछि मैदानमा आएका सोहेल अख्तरले क्रिस संग मिलेर अबिजित २३ बलमा १९ रन बनाउदै टिमलाई जिताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *