बाबर पाकिस्तानको सबैभन्दा ठूलो खोज होः अख्तर

डिसी नेपाल
३ चैत २०७६ १३:३८

लाहोर । पाकिस्तानका पूर्व टेस्ट बलर शोएब अख्तरले ब्याट्सम्यान बाबर आजमको खुलेर प्रशंशा गरेका छन । प्रशंसा गर्दै अख्तरले भने – बाबर पाकिस्तान क्रिकेटको सबैभन्दा ठूलो खोज हो ।

सन २०१६ मा पाकिस्तानको लागि डेब्यू गरेका बाबरले धेरै कम समयमा विश्व क्रिकेटमा आफ्नो लागि एक अहम स्थान बनाएका छन ।

बाबरले पाकिस्तानको लागि २६ टेस्ट, ७४ एकदिबसीय र ३८ टी २० खेलेका छन । टेस्टमा बाबरले ५ सतक सहित १८५० रन, एकदिवसीयमा ११ सतक सहित ३३५९ रन र टी २० मा १४७१ रन बनाएका छन ।

बाबरको नाममा २२ बर्षकै उमेरमै पाकिस्तानको नाममा लगातार तीन एकदिबसीय सतक प्रहार गर्ने रेर्कड पनि रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *