पेट्रोलियम पदार्थको मूल्य घट्यो

डिसी नेपाल
३ चैत २०७६ १९:५४

काठमाडौं । नेपाल आयल निगमले सोमबार राति १२ लागुहुने गरी डिजेल र पेट्रोलको मूल्य घटाएको छ । निगमका अनुसार डिजेल र पेट्रोलमा समान २/२ रुपैयाँ घटाइएको हो ।

काठमाडौंमा अब प्रतिलिटर पेट्रोल १ सय ६ र डिजेल ९५ रुपैयाँमा पाइने भएको छ । निगमले मट्टितेलको मुल्य पनि प्रतिलिटर ९५ रुपैयाँ कायम गरेको छ।

डिजेल र पेट्रोलको मूल्य घटेपनि खाना पकाउने एलपी ग्याँसको मुल्य भने नघटेको निगमले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *