स्वास्थ्य रिपोर्ट नलिई नेपाल आएका ३५ जना विदेशी नागरिक विमानस्थलबाटै फिर्ता
काठमाडौं। कोरोना भाइरस नियन्त्रणका क्रममा सरकारले विदेशबाट नेपाल आएका ३५ जनालाई विमानस्थलबाटै फिर्ता पठाएको छ । विमानस्थल अध्यागमन कार्यालयले स्वास्थ्य रिपोर्ट नलिई काठमाडौं आइपुगेका उनीहरुलाई विमानस्थलबाटै सम्बन्धित देशमा फिर्ता पठाएको हो।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार नेपाल सरकारले पछिल्लो पटक विदेशी नागरिकलाई स्वाब रिपोर्टसहित सम्बन्धित देशमा रहेको नेपाली कन्सुलर सेवाबाट भिसा लिनुपर्ने व्यवस्था गरेको छ।
स्वाब रिपोर्ट नलिई आउने उनीहरुलाई फिर्ता गरेको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यले जानकारी दिए । उनका अनुसार सोमबार दिउँसोसम्म फ्रान्सबाट ६, चीनबाट ५, बेलायतबाट ५, जापानबाट ४, नेदरल्याण्ड्सबाट ३, इटलीबाट २, इजरायलबाट २, चेक रिपब्लिकबाट २, हङकङबाट १, अमेरिकाबाट १, अफगानिस्तानबाट १, मलेसियाबाट १ र अष्टे«लियाबाट १ जना नेपाल आएकाहरुलाई अध्यागमनले फिर्ता पठाएको हो ।
विदेशमा रहेका नेपालीहरुले पनि नेपाल फर्किँदा अनिवार्य रुपमा स्वाब रिपोर्ट लिएर नेपाल आउनु पर्ने नियम बनाएको छ । सो नियम उल्लंघन भएमा अध्यागमन कार्यालयले जुन देशबाट नेपाल आएको हो उतै फिर्ता गर्नेछ । नेपाल सरकारले विदेशी नागरिक, गैरआवासीय नेपाली र काम विशेषले नेपाल प्रवेश गर्न चाहनेका लागि स्वाब रिपोर्ट अनिवार्य गरेको छ ।
विश्वभर कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि नेपालमा यस्तो सर्तकता अपनाएको विमानस्थल अध्यागमन प्रमुख सागर आचार्यले बताए । उनका अनुसार केही समयका लागि नेपाल भारत सीमा नाका समेत बन्द गरेको तथा अन्र्तराष्ट्रिय विमानस्थल झन जोखिम भएकाले सर्तकता अपनाउनु पर्ने भएकाले स्वाब रिपार्ट अनिवार्य गरिएको हो ।
Facebook Comment