अयोध्या प्रकरणमा फैसला गर्ने पूर्व प्रधानन्यायाधीश गोगोई भारतीय राज्यसभा सदस्यमा मनोनित

डिसी नेपाल
३ चैत २०७६ २२:५७

काठमाडौं। भारतीय राष्ट्रपति रामनाथ काविदले हालै प्रधानन्यायाधीशबाट सेवानिवृत भएका रंजन गोगोईलाई भारतीय संसदको माथिल्लो सदन राज्यसभा सदस्यमा मनोनित गरेका छन्। केन्द्र सरकारको सिफारिसमा राष्ट्रपतिले गोगोईलाई मनोनित गरेका हुन्।

पूर्व प्रधानन्यायाधीश गोगोईले भारतीय इतिहासकै सबैभन्दा लामो मुद्दा अयोध्या प्रकरणमा फैसला गरेका थिए। फैसला भाजापा नेता नरेन्द्र मोदीको सरकारको चाहना अनुसार नै हिन्दुको पक्षमा भएको थियो। गोगोईलाई राज्य सभामा मनोनित गरिएकोमा मुस्लिम नेता असदुद्दीन ओवैसीले अयोध्या मामिलामा फैसला गरेकोमा गोगोईलाई पुरस्कृत गरिएको भन्दै कडा प्रतिक्रिया दिएका छन्। उनले यसरी न्यायाधीशलाई पद दिँदा उनीहरु स्वतन्त्र हुन नसक्ने भन्दै गोगोईलाई सांसद बनाएकोमा आपत्ति प्रकट गरेका छन्।

गोगोईले भारतीय सर्वोच्च अदालतको नेतृत्व गर्दा मोदी सरकारलाई अर्को महत्वपूर्ण सहयोग पुग्ने फैसला पनि गरेका थिए। त्यो थियो, फ्रान्ससँगको लडाकु विमान राफेयल विमान खरिद प्रकरण। सो खरिद प्रकरणमा भ्रष्टाचार भएकोले सो विमानको मूल्य सार्वजनिक गर्नुपर्ने भन्दै परेको रिटमा गोगोईले सुरक्षा मामिला भन्दै मूल्य सार्वजनिक गर्न नहुने फैसला गरेर मोदी सरकारलाई सहयोग गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *