हेमन्त शर्माको ‘बरिखा’ एक दिनमै युट्युब ट्रेन्डिङमा (भिडियोसहित)

डिसी नेपाल
३ असोज २०७५ ७:२०

काठमाडौं । गायक हेमन्त शर्माको नयाँ गीत ‘बरिखा’को भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतलाई एक दिनमै २ लाख बढीपटक हेरिएको छ । समाचार तयार पार्दासम्म यो गीतको भिडियो युट्युब ट्रेन्डिङको  १५ औं नम्बरमा आइपुगेको छ । डान्सिङ नम्बरको यो गीतमा गायक शर्माकै शब्द तथा संगीत रहेको छ । गीतमा संगीत संयोजन भने श्यामस्वेत रसाइलीले गरेका छन् ।

राहुल शाहले निर्देशन गरेको सार्वजनिक गीतको म्यूजिक भिडियोमा भिमफेदी गाइज, एलिसा राई, सारा शिर्पाली, सुनील क्षेत्री, अलिशा शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।

सांगीतिक कार्यक्रमका सिलसिलामा धेरै पटक सुदूरपश्चिम पुगेका गायक शर्माले यस पटक भने त्यहीँको जनबोलीलाई सम्बोधन गरेर गीत रेकर्ड गराएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *