१६२ देशमा कोरोना प्रकोप, सोमबार मात्रै ६४५ जनाको मृत्यु, १ लाख ८२ हजारबढी संक्रमित

डिसी नेपाल
४ चैत २०७६ ८:११

काठमाडौँ । हाल विश्वका १६२ देशमा आतंक मच्चाईरहेको कोरोना भाइरस (कोभिन १९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा ६४५ जनाको ज्यान गएको छ। यो सँगै हालसम्म विश्वभर ज्यान गुमाउनेको संख्या ७ हजार १ सय ६४ पुगेको छ ।

सोमबार मात्रै १२ हजार ९ सय ८० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा ५ देश थपिएसँगै कोरोना संक्रमित देशहरुको संख्या १६२ पुगेको हो । विश्वभर कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ५ सय ५० पुगेको छ।

मंगलबार बिहानसम्म कोरोना संक्रमित मध्ये ७९ हजार ८ सय ८१ जना उपचार पछि घर फर्किएका छन् । ६ हजार १ सय ६३ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । यसअघि आइतबार विश्वभर ६ सय ८२ जनाको ज्यान गएको थियो ।

सोमबार मात्रै चीनमा १३, इटलीमा ३४९, इरानमा १२९, स्पेनमा ४८, दक्षिण कोरियामा ६, जर्मनीमा ४, फ्रान्समा २१, अमेरिकामा १९, स्वीट्जरल्याण्ड ५, यूके २०, नेदरल्याण्ड ४, स्विटेन ४, बेल्जियम ६, अष्ट्रेलिया, डेनमार्क २–२ र जापानमा ३ जनाको ज्यान गएको छ ।

इटलीमा ३४९ जनाको मृत्यु

विश्वभर सबैभन्दा खतरनाक देखिएको कोरोना भाइरको संक्रमणबाट इटलीमा एकै दिन ३ सय ४९ जनाको ज्यान गएको छ। यो सँगै इटलीमा ज्यान गुमाउनेको संख्या २ हजार १ सय ५८ पुगेको छ ।

सोमबार मात्रै यटलीमा ३ हजार २ सय ३३ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै इटलीमा कोरोना संक्रमितको संख्या २७ हजार ९ सय ८० पुगेको छ । जसमध्ये १ हजार ८ सय ५१ जना गम्भीर रहेका छन् ।

इरानमा ज्यान गुमानेको संख्या ८ सय ५३ पुग्यो

पछिल्लो समय इटलीसँगै महामारीको रुप लिएको इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८ सय ५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा इरानमा १ सय २९ जनाको ज्यान गएको छ भने १ हजार ५३ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै इरानमा संक्रमितको संख्या १४ हजार ९ सय ९१ पुगेको छ ।

यस्तो छ १६२ देशको कोरोना तालिका:

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *