स्पेनिस क्लव भ्यालेन्सियाको ३५ प्रतिशत सदस्यमा कोरोनाभाइरसको संक्रमण पुष्टि

डिसी नेपाल
४ चैत २०७६ ९:३१

काठमाडौं। ला लिगा क्लव भ्यालेन्सियाका ३५ प्रतिशत सदस्यमा कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको क्लवले आधिकारिक जानकारी दिएको छ । क्लवका अनुसार पहिलो रोजाइका खेलाडीदेखि कोच समेत संक्रमित भएका छन् । सबै जना अहिले घरमै आइसोलेसनमा छन् ।

भ्यालेन्सियाले फेब्रुअरी १९ मा च्याम्यिन्स लिग अन्तर्गत इटलियन क्लव एटलान्टासँग खेलेको थियो । यो खेल इटलीको मिलानमा भएको थियो जुन शहरमा त्यतिबेलै कोरोनाभाइरस फैलिइसकेको थियो । यही खेलपछि फर्किएका खेलाडीमा कोरोनाभाइरस संक्रमण भेटिएको हो । क्लवका अनुसार संक्रमण देखिएका टिमका सदस्यमा कोरोनाभाइरसको लक्षण भने देखिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *