ओमनले लगायो विदेशी नागरिकमाथि प्रतिबन्ध

डिसी नेपाल
४ चैत २०७६ १२:००

मस्कट । ओमनले विदेशी यात्रुमाथि प्रतिबन्ध लगाएको छ । कोरोना भाइरस (कोभिड–१९) फैलन सक्ने सम्भावित खतरालाई रोक्न भन्दै विदेशी नागरिकलाई तत्कालको लागि ओमन प्रवेश गर्न प्रतिबन्ध लगाएको हो ।

ओमनी गृहमन्त्री सैयद हामुद विन फैसलको अध्यक्षतामा बसेको सरकारको उच्चस्तरीय बैठकले मंगलबारदेखि लागू हुनेगरी ओमन बाहेकका विदेशीलाई ओमन प्रवेशमा रोक लगाउने निणर्य गरेको हो । तर, सरकारको यो प्रतिबन्ध जीसीसी मुलुकको हकमा भने लागु हुनेछैन।

त्यस्तै ओमनमा प्रवेश गरिसकेकालाई अनिवार्य रुपमा १४ दिनसम्म क्वारेन्टाइनमा राखिने भएको छ । बैठकले सार्वजनिक बगैचा र पार्कहरु बन्द गर्नै, शुक्रबार मजिस्दमा गरिने प्रार्थना रोक्ने तथा विवाह लगायतका सामाजिक जमघटहरुमा प्रतिबन्ध समेत लगाएको छ ।

यसअघि ओमनले कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सबै शैक्षिक संस्था एक महिनाका लागि बन्द गराएको थियो ।ओमनमा हालसम्म २४ जनामा यसको संक्रमण भेटिएको छ। ओमनको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना पोजेटिभ देखिएका व्यक्तिहरु इरानको यात्रा गरेर फर्केका थिए । संक्रमित मध्ये ९ जना उपचारपछि पूर्ण रुपमा निको भएको मन्त्रालयको भनाइ छ ।

त्यस्तै केहि संकास्पद विरामीको विशेष निगरानीमा उपचार भैरहेको छ । ओमनले कोरोनाको संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न एक उच्चस्तरीय समिति बनाएको छ । ओमनमा करिब २० हजार नेपाली कार्यरत छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *