बी डिभिजन लिगः ब्वाईज युनियन र आरसीटीले अंक बाँडे

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा ब्वाईज युनियन क्लब र रानीपोखरी कर्नर टिम आरसीटीले बराबरी खेल्दै अंक बाडेका छन् ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा ब्वाईज र आरसीटीले २–२ गोलको बराबरी खेलेको हो ।
ब्वाईजको लागि टंक बहादुर स्याङ्देन र प्रदिप बोगटीले एक एक गोल गरे । आरसीटीका अजित गुरुङ र नविन मान कर्माचार्यले एक एक गोल गरे । खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा आरसीटीले बराबरी खेलेको हो । खेलको तेस्रो मिनेटमै अजितको गोलबाट आरसीटीले अग्रता बनाएको थियो ।
खेलको १४ औं मिनेटमा टंकले नै गोल गर्दै ब्वाईजलाई १–१ गोलको बराबरीमा फर्काए । खेलको २४ औं मिनेटमा नविनको गोलबाट ब्वाईजले २–१ को अग्रता बनायो । तर, खेलको ३५ औं मिनेटमा प्रदिपले गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याएका थिए ।
बराबरीसँगै ब्वाईजले ६ खेलबाट ८ अंक जोडेको छ । आरसीटीले ६ खेलमा ६ अंक जोडेको छ ।
Facebook Comment