बी डिभिजन लिगसहित एन्फाका सबै गतिबिधिहरु स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक बी डिभिजन लिग फुटबल स्थगित गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एक हप्ता सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएपछि एन्फाले जारी बी डिभिजन लिगसहित आफ्ना सबै गतिबिधिहरु स्थगित गरेको हो ।
एन्फाले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै बी लिग आगामी चैत १२ गतेसम्मको लागि स्थगित गरेको जनाएको छ। लिगमा अहिले छैटौं चरणको खेलहरु संचालन भईरहेका छन् ।
यस्तै एन्फाले सातदोबाटोमा रहेको एन्फा सचिवालय, धरान र बुटवलमा रहेको एन्फा एकेडेमी पनि बन्द गरिएको जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment