बाटोमै मास्क बेच्नथाले व्यापारीहरु
काठमाडाैं । कोरोना भाइरस (कोभिड १९) बिश्वब्यापी फैलिएको छ। सरकारले कोरोना भाइरसबाट बच्न भन्दै सर्वसाधारणलाई जथाभावी भिडभाडमा नजान, अत्यावश्यक कामका लागि मात्र घरबाहिर निस्कन, साथैै स्यानिटाइजर प्रयोग गर्न र बेलाबेला सफा तथा साबुन पानीले हात धुन अनुरोध गरेको छ ।
यसका साथै भिडभाडमा जाँदा मास्क अनिवार्य लगाउन अपिल गरेको छ। त्रासको बिचमा कतिपय ब्यापारीहरु भने महँगो मूल्यमा मास्क बेचेर पैसा कमाउने धन्दामा लागेका छन र मास्कको कृतिम अभाब सिर्जना गरिदिएका छन।
यसै सन्दर्भमा बागबजारस्थित आकाशे पुलमा झोला बोकेर हातमा मास्कको प्याकेट बोकेका एक युवक भन्दै थिएः
‘मास्क लिनुस, कारोनाबाट बच्नुस’
‘मात्र ३० रुपैयाँ, मात्र ३० रुपैयाँ’
एक दुई जनाले ३० रुपैयाँ तिरेर मास्क किनेर खुसी हुँदै लाएर गए। छेवैमा अर्का एकजना पनि मास्क हातमा बोकेर बसिरहेका थिए। बाटो हिडिरहेका एक युवक आएर भन्छन्।
‘तपाईले १० रुपैयाँ पर्ने मास्क ३० रुपैयाँमा बेच्न पाउनुहुन्न। यो कालोबजारी हो।’
‘तपाई यहाँबाट जानुहुन्छ कि पुलिस बोलाउँ?’
अलि डराएर ति मास्क बेच्ने युवा भन्छन्, ‘हामै्र २५ रुपैँया परेको हो दाई कसरी १० रुपैयाँमा दिनु र ?’
यतिकैमा एकजना प्रहरी जवान त्यतैबाट जाँदै थिए। अर्का युवकले जवानलाई कालोबजारी गर्दैछ भनेर सुनाए तर, ति जवान वास्ता नगरी आफ्नो बाटो लागे। यतिबेलसम्म अरु एक दुई जना आएर मास्क किनेर जान्छन। बाटो हिड्ने युवा पनि आफ्नो बाटो लाग्छन।
यो गलफति मंगलबार दिउँसो बागबजार र रत्नपार्क जोड्ने आकाशे पुलको हो। तर, यस्ता ब्यापारीहरु अहिले बाटोमा बसेर मास्क बेचिरहेका हुन्छन्। मास्कको अभावसँगै आफूहरुले महँगो हालेर ल्याएकाले महँगोमा नै बेच्नुपरेको एक ब्यापारी बताउँछन।
कोरोना भाइरसका कारण बजारमा मास्कको अभाव भएको छ। यस्तो मौका छोपी कतिपय व्यक्ति र व्यापारीहरुले कालोबजारी गर्ने गरेका छन् ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागले कालोबजारी नियन्त्रणका लागि बिशेष अनुगमन सुरु गरेको छ। कोरोना भाइरसका कारण मास्कको अभाव भएको मौका छोपेर कालोबजारी गर्ने मेडिकल स्टोरलाई सरकारले कारवाही पनि गरीरहेको छ।
प्रहरीले पनि बिभिन्न ठाँउमा छापा मारी मास्क लगायत उपभोग्य सामग्रीको कालोबजारी गर्नेलाई पक्राउ गर्दै आएको छ।
Facebook Comment