युरोकप एक वर्ष पछाडी सर्‍यो!

डिसी नेपाल
४ चैत २०७६ १९:०८

एजेन्सी । सन् २०२० को युरोकप फुटबल एक वर्ष पछि सरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गरेर युरोकप सन् २०२१ सम्मको लागि सारिएको नर्वेको फुटबल संघले जनाएको बीबीसीको समाचारमा उल्लेख छ ।

सन् २०२० मा युरोपको विभिन्न शहरमा आयोजना हुने युरोकप आगामी जुन १२ देखि जुलाई १२ सम्म हुने तालिका रहेको थियो । अब युरोकप सन् २०२१ को जुन ११ बाट जुलाई ११ सम्म तय भएको बताईएको छ ।

चीनबाट सुरु भएको कोरोना युरोपमा महामारीको रुपमा फैलिएपछि युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले मंगलबार आकस्मिक बैठक बोलाएको थियो । तर, युईएफएले यूरोकप र च्याम्पियन्स लिगबारे औपचारिक निर्णय सार्वजनिक गरेको थिएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *