सभामुख र उत्तर कोरियाली राजदूतबीच भेट

डिसी नेपाल
४ चैत २०७६ २०:४२

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ म्यानले आज शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत म्यानले सभामुख सापकोटालाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुुभकामना व्यक्त गरे ।

भेटमा सभामुख सापकोटाले उत्तर कोरियाले वार्ताका माध्यमबाट समस्या समाधानका लागि गरिरहेको पहलले विश्वभर सकारात्मक सन्देश गएको बताएको सभामुखको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *