इरानमा ज्यान गुमाउनेको संख्या ९ सय ८८ पुग्यो

डिसी नेपाल
५ चैत २०७६ ७:५२

काठमाडौँ । इरानमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ सय ८८ पुगेको छ।

मंगलबार मात्रै इरानमा १ सय २५ जनाको ज्यान गएको छ ।

हालसम्म इरानमा १६ हजार १ सय ६९ जना कारोनाबाट संक्रमित भएका छन् भने ९ हजार ७ सय ९२ जना पूर्ण रुपमा निको भाएर घर फर्किएका छन्।

विश्वका १६५ देशमा फैलिएको कोरोना (कोभिन १९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ८ सय ३ जनाको ज्यान गएको छ। यो सँगै विश्वभर ज्यान गुमाउनेको संख्या ७ हजार ९ सय ६५ पुगेको छ।

मंगलबार मात्रै विश्वमा १५ हजार ७ सय ५५ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै संक्रमितको संख्या १ लाख ९८ हजार २ सय २९ पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *