बैदेशिक रोजगारीमा जानेको संख्या घट्दा रेमिट्यान्समा असर

डिसी नेपाल
५ चैत २०७६ १३:५०

काठमाडौं। विदेशमा काम गर्न जाने नेपालीहरुको संख्या घट्न थालेपछि देशको अर्थतन्त्रको आधार मानिएको रेमिट्यान्समा असर पर्न थालेको छ। राष्ट्र बैंकले बुधबार देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै रेमिट्यान्स ०.५ प्रतिशतले घटेको उल्लेख गरेको छ।

राष्ट्र बैंकका अनुसार अघिल्लो आवको यसै रेमिट्यान्स आप्रवाह २८.५ प्रतिशतले बढेको थियो। यसैगरी अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाहमा ०.२ प्रतिशतले कमी आएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६ प्रतिशतले बढेको थियो।

चालु आवको माघसम्ममा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१.७ प्रतिशतले बढेको छ। तर अघिल्लो आवको यसै अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो। यसै कारण रेमिट्यान्समा असर परेको राष्ट्र बैंकले जनाएको छ।

माघमा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ०.६ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.९ प्रतिशतले बढेको राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *