मास्क लगाएर बालुवाटारमा बस्यो नेकपा सचिवालय बैठक
काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि बुधबार पहिलो पटक नेकपा सचिवालयको बैठक बसेको छ। बुधबार ४ बजेपछि बसेको बैठकमा प्रधानमन्त्रीसहित सबै नेताहरुले मास्क लगाएका थिए।
यसअघि प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल नजिकै बस्ने गरेकोमा बुधबार भने दाहाल ओलीभन्दा टाढा बसेका थिए। ओलीको स्वास्थ्य अवस्थालाई हेरेर उनलाई अन्य सदस्यभन्दा टाढा राखिएको हो।
चिकित्सकहरुले ओलीको स्वास्थ्य जोखिम भन्दै भेटघाट गरे पनि निश्चित दुरी बनाउनुपर्ने सुझाव दिएका थिए।
बुधबारको बैठकले प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणको लागि सचिकित्सकहरू र मृगौलादाताहरूलाई धन्यवाद दिएको छ। यस्तै कोरोनाको संक्रमणलाई मध्यनजर गरी एसईई परीक्षासमेत रोक्नेलगायत सरकारका निर्णयको पनि प्रशंसा गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार तथा पार्टी प्रचार विभाग उपप्रमुख सुर्य थापाले जानकारी दिए।
Facebook Comment