चीनमा नियन्त्रणमा आउँदै कोरोना

डिसी नेपाल
५ चैत २०७६ १९:४१

बेइजिङ (एजेन्सी) । कोरोना भाइरस प्रकोपको शुरुआत भएको चीनमा पछिल्लो दिन भाइरसको प्रकोप नियन्त्रणमा आउन थालेको चिनियाँ अधिकारीले दावी गरेका छन् । बुधबार चीनमा कोरोना भाइरसका १३ सङ्क्रमित भेटिएक अधिकारीहरुले बताएका छन् । तर यसको सङ्क्रमण भएका करिब एक दर्जन नागरिक भने बाहिरबाट आएको जनाइएको छ ।

गत वर्षको अन्तमा भाइरस पहिलो पटक देखा परेको मध्यशहर वुहानमा लगातार दोस्रो दिनसङ्क्रमणको घटनामा कमी आएको हो । चीनमा बुधबार १३ जनाको कोरोनाको कारण मृत्यु भएको छ । बुधबार बेलुकासम्म त्यहाँ मृतकको संख्या ३ हजार २ सय ३७ पुगेको छ । कुल संक्रमितको संख्या ८० हजार ८ सय ९४ पुगेको छ । चीनमा हालसम्म उपचार गराएर ६९ हजार ६१४ जना घर फर्किएका छन् । यस्तै ८ हजार ४३ सामान्य विरामी छन् भने २ हजार ६२२ जना गम्भीर विरामी रहेको बताइएको छ ।

हुबेई प्रान्तको वरिपरि नयाँ सङ्क्रमण विगत सात दिनमा नौभन्दा कम सङ्क्रमित पाइएको बताइएको थियो । फेबु्रअरीको शुरुमा चीनको हुबेइ प्रान्तको वुहान शहरमा दिनहूँ हजारौंँको सङ्ख्यामा कोरोना भाइरसका सङ्क्रमित हुने गरेकोमा गएको हप्तामा नौ जनाभन्दा कम मात्र बिरामी पाइएको चिनियाँ अधिकारीहरुले दावी गरेका छन् । वुहान शहरमा गत जनवरी २३ मा ११ करोड मानिसलाई अलग्गै राखिएको थियो । तर हालैका दिनमा प्रान्तको केही भागमा प्रतिबन्धमा सहजता आएको छ । चीनले यो भाइरसको फैलावटलाई “मौलिकरुपमा रोकेको” जनाएको छ । हाल चीनमा स–साना शहरले स्वस्थ मानिसलाई काममा फर्काउन वा आफ्नो गाउँ फर्काउन अनुमति दिएका छन् ।

बाहिरबाट चीन पुगेका नागरिकमा देखिएको सङ्क्रमण चीनका लागि बढ्दो चिन्ताको विषय बनेको छ । बुधबार थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण भेटिएको र यो सङ्ख्या कूल १५५ पुगेको बताइएको छ । सरकारका अनुसार प्रत्येक दिन औसत २० हजार मानिस चीनमा उडान गरिरहेका छन् । दश चिनियाँ प्रान्त र शहरले विदेशबाट आएका व्यक्तिलाई अनिवार्य क्वानरन्टाइनमा राखेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *