कोरोनाबारे चीन–नेपाल परराष्ट्रमन्त्री फोनवार्ताः नेपालले के पठायो जवाफ?

डिसी नेपाल
५ चैत २०७६ २१:१३

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको प्रकोप र त्यसबाट बच्न भएका प्रयासबारे चिनियाँ विदेशमन्त्री वाङ यीसँग कुराकानी गरेका छन्। सो क्रममा चीनले कोरोना प्रकोप नियन्त्रणमा गरेको अशल अभ्यासबारे नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीले खुशी व्यक्त गरेको र सो अभ्यासबाट नेपालले पनि सिक्न चाहेको बताएका थिए।

डिसी नेपालसँग कुरा गर्दै मन्त्री ज्ञवालीले चीनको अशल अभ्यास नेपालका लागि उदाहरणीय हुन सक्ने बारे कुराकानी भएको जानकारी दिए।

दुईदिनअघि भएको सो कुराकानीमा चिनियाँ विदेशमन्त्रीले कोरोना प्रकोप नियन्त्रण र उपचारमा सहयोग गर्न चीन तयार रहेको बताएका थिए। दुई परराष्ट्रमन्त्रीबीच भएको कुराकानी लगत्तै चीन सरकारका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले कोरोना नियन्त्रणमा नेपाललाई चाहिने सहयोगको विवरण दिए चीनले उपलब्ध गराउने जानकारी परराष्ट्रमन्त्री ज्ञवालीलाई जानकारी दिएकी थिइन्।

मन्त्री ज्ञवालीले डिसी नेपालसँग भने, ‘चीनले आफू त्यति ठूलो संकटमा परेर बाहिर आउँदा आउँदै पनि नेपाललाई सहयोग गर्ने सदासायता देखाएको छ। त्यो सदासायताका लागि नेपाल सरकारको तर्फबाट धन्यावाद व्यक्त गरेको छु।’

स्वास्थ्य मन्त्रालयसँग नेपाललाई आवश्यक पर्ने सामाग्रीबारे परराष्ट्रमन्त्रालयले समन्वय गरिरहेको र स्वास्थ्य मन्त्रालयले सामाग्रीको विवरण उपलब्ध गराएपछि चीन सरकारलाई ती सामान उपलब्ध गराउन औपचारिक आग्रह गरिने मन्त्री ज्ञवालीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *