विश्वका १७५ देशमा कोरोना महामारी, बुधबार एकै दिन ९ सय ७४ जनाको मृत्यु

डिसी नेपाल
६ चैत २०७६ ७:४९

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिन १९) को संक्रमणबाट बुधबार मात्रै ९ सय ७४ जनाको ज्यान गएको छ। यो सँगै विश्वभर ज्यान गुमाउनेको संख्या ८ हजार ९ सय ५२ पुगेको छ। बिहीबार बिहानसम्म विश्वका १७३ देशमा कोरोनाको संक्रमण देखिएको छ ।

बिहीबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट २ लाख १८ हजार ९ सय २४ जना संक्रमित भएका छन् । जसमध्ये हिजो मात्रै २० हजार ६ सय ९३ जना नयाँ संक्रमित फेला परेका हुन् ।

पछिल्लो २४ घण्टामा इटलीमा सबैभन्दा बढी ४ सय ७५ जनाको ज्यान गएको छ । यो सँगै इटलीमा ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ।

यस्तै बुधबार इरानमा १४७, स्पेनमा १०५, अमेरिकामा ४३, फ्रान्स ८९, यूके ३३, नेदरल्याण्ड १५ र दक्षिण कोरियामा १० जनाको ज्यान गएको हो ।

कोरोना भाइरसको उद्गमस्थल चीनमा भने बुधबार पनि कोरोना संक्रमित फेला परेका छैनन् ।

१७५ देशमा कोरोना संक्रमण (तालिका)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *