कोरोनाभाइरस संक्रमितले अस्पतालमै गरे आत्महत्या
नयाँ दिल्ली। भारतकोराजधानी नयाँ दिल्लीमा कोरोनाभाइरस संक्रमित एक बिरामीले अस्पतालमै आत्महत्या गरेका छन् । दिल्लीको सफदरजंग अस्पतालमा एक कोरोनाभाइरस संक्रमित बिरामीले आत्महत्या गरेका हुन् । उनले अस्पताल भवनको ७ औं तल्लाबाट हाम्फालेर आत्महत्या गरेको आज तकले लेखेको छ ।
३५ वर्षका मृतक हालै अस्ट्रेलियाको सिड्नीबाट फर्किएका थिए । जानकारीका अनुसार उनी विगत १ वर्षदेखि सिड्नीमा बस्दै आएका थिए । नोडल अधिकारीका अनुसार उनलाई गएराती दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानथलबाट संदिग्ध बिरामीको रुपमा अस्पताल भर्ना गरिएको थियो । उनको टाउको दुखिरहेको थियो ।
प्रतिक्रिया
Facebook Comment