कोरोना भाइरसका कारण कुकुरको मृत्यु !
काठमाडौं। कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिँदा हङकङमा पहिलो पटक कोरोना भाइरसका कारण कुकुरको मृत्यु भएको समाचार सार्वजनिक भएको छ।
१७ वर्षको पोमरैनियम व्रीडको कुकुर एक जना ६० वर्षीया महिलाको हो। दुई दिन पहिला उक्त कुकुरलाई कोरोना भाइरस भएको आशंकाकमा अस्पतालमा चेक जाँचपछि आइसोलेशनमा राखिएको थियो। बुधबार अस्पतालले छुट्टी दिएको थियो। तर घर पुग्ने वित्तिकै कुकुरको मृत्यु भएको थियो।
#CoronaDogDeath: The First ever dog to catch coronavirus DIES in Hong Kong https://t.co/j2PAS4q4h0 via @MailOnline
— Kimberley Monari (@KimberleyMonari) March 18, 2020
भेटेनेरियन डाक्टर एशियन फलिशियल हबका अनुसार कुकुरको मृत्युका कारण क्यारेन्टाइनमा तनाव भएको छ। कुकुर धनीले कुकुरको पोष्टमापर्टम गर्न अस्वीकार गरेकी छन्। डाक्टरले कुकुरको नाक र मुखको नमुना कोरोना संक्रमणसँग मिल्दोजुल्दो रहेको बताएका छन्।
डाक्टरहरुले यो विषयमा गम्भीर जाँच गर्ने जनाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। यो विषयमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अनुसार अहिलेसम्म घर पालुवा जनावरमा कोरोनाको संक्रमण फेला परेको प्रमाण नभेटिएको जनाएको छ।
Facebook Comment