आज फेरि ह्वात्तै घट्यो सुन, चाँदीमा पनि भारी गिरावट
काठमाडौँ । आज बिहीबार पुनः सुनको भाउ ह्वात्तै घटेको छ ।
बुधबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको भाउ आज तोलामा १ हजार ५ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघको सूची अनुसार, आज छापावाल सुन प्रतितोला ७५ हजार तथा तेजावी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँ रहेको छ ।
बुधबार छापावाल सुन प्रतिताला ७६ हजार ५ सय तथा तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज सुनको मूल्यमा पनि भारी गिरावट आएको छ । आज चाँदी प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ।
बुधबार चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
विश्वभर देखिएको कोरोनाको महाभारीले अन्तर्राष्ट्रिय बजारमा उतारचढाव भइरहेको र यसका प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासंघले जनाएको छ।
Facebook Comment