काेराेना संक्रमण : सरकारी निर्णय कार्यान्वयन गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं। गृहमन्त्रालयले कोरोना भाइरस विरुद्ध सरकारले बुधबार लिएको निर्णय कडाइका साथ लागु गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
मन्त्रालयमा बिहीबार बसेको बैठकले बुधबार उच्चस्तरीय समितिले गरेका १५ बुँदेलाई कार्यान्वयन गर्न सबैमा आग्रह गरेको हो। मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई २४ सै घण्टा तैनाथमा राखेको जनाएको छ।
कोरोना भाइरस नियन्त्रणको पूर्व तयारीको लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले सो निर्णय गरेको हो। सरकारले बुधबार घोषणा गरेका स्कूल, कलेज, जीमखाना लगायत बन्द गर्ने, २५ जनाभन्दा बढी भेला हुन नपाइने जस्ता निर्णयलाई कार्यान्वयनका लागि अनुगमन गर्ने र विपदमा परेका उद्धारका लागि आफ्ना संयन्त्रहरू २४ सै घण्टा तैनाथ गरेको जनाएको हो।
नेपाल प्रहरी सशस्त्र प्रहरी, तथा अन्य सबै मन्त्रालयहरूसँगको समन्वयमा आफ्ना संयन्त्रहरूलाई तयारी अवस्थामा राखेको हो। संघ, प्रदेश र स्थानीय तहमा समन्वय गरेर विपद्को समना गर्ने निर्णय गरेको हो।
सीमा नाकाहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडाई गर्न थालेको जानकारी समेत दिइएको छ। समितिको बैठकले दिएको जानकारी अनुसार चीन सरकारले दिने सहयोगको विषयमा समेत छलफल गरेको थियो।
बुधबारको निर्णयलाई कार्यान्वयन गर्न अनुगमन गर्ने पनि मन्त्रालयले जनाएको छ। बैठकमा गृहमन्त्री रामबहादुर थापा, संघीय मामिलामन्त्री ह्दयश त्रिपाठी तथा गृहसचिव। संघीय मामिला सचिव लगायत सरोकारवाला पक्ष उपस्थिति रहेको थियो।
Facebook Comment