सन्यास तोड्नेबारे एबी डिभिलियर्सले के भने ?

डिसी नेपाल
६ चैत २०७६ १४:२९

काठमान्डौं । साउथ अफ्रिकाका क्रिकेटर एबी डिविलियर्स रिटायरमेन्ट भन्दा अगाडि टिमको महत्वपूर्ण खेलाडी रहेका थिए । उनको रिटायरमेन्टपछि अफ्रिकी टिमले अहिले सम्म खासै राम्रो प्रर्दशन गर्न सकेको छैन । गतवर्ष इङल्यान्डमा भएको वर्ल्डकपमा डिविलियर्स अन्तराष्ट्रिय क्रिकेटमा फर्कने धेरै आशा गरिएको थियो तर अहिले आएर डिविलियर्स आफैले अन्तराष्टिय क्रिकेटमा फर्कन सक्ने संकेत गरेका छन ।

अक्टुबरमा हुने टि २० विश्वकपमा अनुमान लगाउन सकिन्छ डिविलियर्स एकपटक फेरि आप्नो देशको लागि मैदानमा उत्रनेछन । डिविलियर्सलाई अन्तराष्ट्रिय क्रिकेटमा उनको पुनरागमनको बारेमा सोध्दा उनले भनेः अहिले पर्खनुहोस हेरौ के हुन्छ, अहिले मेरो ध्यान आईपीएलमा रहेको छ, म आईपीएलमा आरसिबीको लागि उत्कृष्ट प्रर्दशन गर्न चाहन्छु त्यसपछि हेरौ के हुन्छ ।
डिविलियर्स गत बर्ष भएको विश्वकपमा कमब्याक गर्ने तरखरमा थिए तर उनलाई मौका दिइएको थिएन । उक्त व्रिश्वकपमा साउथ अफ्रिकाले निरासाजनक प्रर्दशन गर्दै समुह चरणबाटै बाहिरिएको थियो ।

डिभिलियर्सले अहिले सम्म साउथ अफ्रिकाको लागी ११४ टेस्ट, २२८ एकदिबसीय र ७८ टि २० खेल खेलेका छन । टि २० इन्टनेशनलमा डिविलियर्सको रेकर्ड राम्रो रहेको छ । उनले २६.१ को औसतमा १० अर्धसतक बनाएका छन । डिविलियर्सले बिगबास लिगमा ब्रिसबेन हिटको लागी खेलेका थिए जहाँ उनले २४.३३ को औसतमा एक अर्धसतक सहित १४६ रन बनाएका थिए । आईपीएलमा उनी लामो समयदेखी आरसिबीको लागि खेल्दै अहिले सम्म १५४ खेलमा ३३ अर्धसतक सहित ४३९५ रन बनाएका छन । गतबर्ष भएको आईपीएलमा उनले १३ खेलमा ५ अर्धसतक सहित ४४२ रन बनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *