वीर अस्पताल कै कर्मचारीले पाएनन् मास्क

डिसी नेपाल
६ चैत २०७६ १५:४३

काठमाडौं। कोरोना भाइरसको त्रास बढेसँगै अस्पतालमा चेकजाच गर्ने बिरामीको सङ्ख्या बढेको छ। कोरोनाको आशंकामा सर्वसाधारण दैनिक चेकजाँच गराउन अस्पताल पुग्ने गरेका छन्।

विश्वमा महामारीको रुप लिएको कोरोना भाइरसले विभिन्न मुलुकका अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारीसमेत संक्रमित भएका छन्।

अहिलेसम्म नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छैन। तर छिमेकी मुलुकहरुमा कोरोनाको संक्रमण तीव्र भएपछि नेपालमा उच्च सकर्तकता अपनाइएको छ।

सरकारले कोरोना विरुद्ध उच्च सतर्कता अपनाउन भनेपछि सरकारी अस्पतालमा कोरोना भाइरस विरुद्ध उच्च प्राथमिकता दिएका छन्।

अत्याधिक भिडभाड रहने अस्पतामा कोरोनाको जोखिमबाट बच्न आवश्यक माक्स, गाउनलगायत आवश्यक सामाग्री प्रयाप्त मात्रामा उपलब्ध नहुँदा कर्मचारीमा त्रास बढेको छ।

मुलुककै जेठो मानिने वीर अस्पतामा कार्यरत कर्मचारीले जोखिमबाट बच्न आवस्यक समाग्री उपलब्ध नगराएको भन्दै आपत्ति जनाएका छन्। उनीहरुले सबैको स्वास्थ्य बराबर भएको भन्दै अस्पतालमा कार्यरत कर्मचारीको आवश्यक सुरक्षाका लागि अस्पतालले जिम्मा लिनुपर्ने बताएका छन्।

न्यूरोको आइसियूमा कार्यरत कर्मचारीले अस्पताल प्रशासनले आफूहरुलाई प्रयाप्तमात्रमा मास्क र अन्य सामाग्री नदिएको गुनासो गरे। नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले भने,

‘बाँच्ने उपाय त हुनुपर्छ, आफैंलाई जोखिमा राखेर कसरी काम गर्न सकिन्छ? अस्पताल जस्तो संवेदनशील ठाउँमा कोरोनाको महामारीको अवस्थामा काम गर्न सुरक्षा बिना सकिँदैन।’

एउटै अस्पतालमा कार्यरत कर्मचारीलाई अस्पताल प्रशासनले कसैलाई मास्कलगायतका सुरक्षा सामाग्री दिएको र कसैलाई नदिएको उल्लेख गर्दै एक महिला कर्मचारीले माथिल्लो तहका कर्मचारीलाई माक्स दिने गरेको तर आफूले ६ दिनबाट माक्स नपाएको गुनासो गरिन्।

उनले भनिन, ‘कसैलाई माक्स दिने कसैलाई नदिने गर्न त पाइँदैन, ठूलाबडाको लागि माक्स छ। हामीलाई दिँदैनन्। कोरोनाले ठूला र सानो त भन्दैन।’

स्टोरमा प्रयाप्त माक्स भएपनि अस्पताल भित्रकै कर्मचारीलाई यताबाट उता, उताबाट यता दौडाउने गरेको भन्दै कर्मचारी कार्यकारी निर्देशकको कार्यकक्ष अगाडि आक्रोस पोखिरहेका थिए।

स्टोरमा रहेको माक्स आपतकालीन समयको लागि भन्दै आफूहरुले नपाएको गुनासो अर्का एक कर्मचारीले गरे। उनले भने, ‘आपतकालीन समयको लागि भन्नुहुन्छ। कहिले हो आपतकानील समय हस्पिटल जस्तो ठाउँमा कोरोनाको बिमारी आउँदैनन् भनेर ढुक्क रहन सकिँदैन। महामारीको समयमा डर त हामीलाई पनि हुन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *