डा.दीक्षितको दाबी : नेपालमा कोरोना संक्रमित छन्
काठमाडौं । वरिष्ठ चिधित्सक डा. सुन्दरमणी दीक्षितले नेपालमा कोरोनाको संक्रमितहरु रहेको दोहो¥याएका छन् । रिपोटर्स क्लवले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै डा. दीक्षितले सरकारले कतिपय विरामीलाई परीक्षणनै नगरी पठाउने गरेको बताएका हुन्।
आवश्यक परीक्षण नहुँदा संक्रमित नदेखिएको भन्दै डा. दीक्षितले भने,‘कोरोना भाइरसको संक्रमित भएपनि अस्पतालबाट ८५ प्रतिशत रुघाखोकी लागेर हराउने र १२ प्रतिशतलाई जाँचै नगरी पठाइएको छ । डाक्टरको सिफारिस बिना आफुलाई शंका लागेमा जाँच्न पाउनुपर्छ, यसको सबै बन्दोबस्त मिलाउन म सरकारलाई आग्रह गर्दछु ।’
उनले सरकारले आवश्यकता अनुसार मात्र बिरामी जाँच्ने उपकरण मगाउने भनेकोमा आपत्ति जनाएका छन् । उनले राष्ट्रको ढुकुटीबाट तुरुन्त मेशीन (परिक्षण किट) ल्याउन आग्रह गरेका छन् । उनले,‘परीक्षण किट तत्काल ल्याउनुपर्छ, ढिलाई गर्ने होइन ।’
डा. दीक्षितले आवश्यक मेशीन फास्ट ट्रयाकबाट ल्याउनपनि सरकारलाई सल्लाह दिएका छन् । दिक्षितले हरेक नेपालीलाई स्वास्थ्यको अधिकार भएकोले रोग जाँच्न नपाएमा संविधानविपरित हुने भन्दै यस्तो आपतमा मेशीन नल्याउँदा जनता आक्रोसित भई सडकमा आउन बाध्य हुनेतर्फ पनि सचेत गराए । उनले भने,‘जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन, तत्काल आवश्यक उपकरण ल्याउनुपर्छ ।’
Facebook Comment