सरकारले उपत्यकाका ५ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने

डिसी नेपाल
६ चैत २०७६ १९:०७

काठमाडौं । सरकारले काठमाण्डौ उपत्यकाका ५ स्थानमा सूपथ मुल्य पसल सञ्चालन गर्ने भएको छ ।

कोरोना भाईरसबाट मुलुकलाई जोगाउन सरकारले गरेको पूर्वतयारीका बारेमा जानकारी दिन विहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन उपत्यकाका ५ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गरिने जानकारी दिए ।

उनले खाद्यान्न, नुन, चिनी डिजेल पेट्रोल लगायतका वस्तुहरु पर्याप्त मात्रामा रहेको बताए । मन्त्री भट्टले अन्तर मन्त्रालय समन्वय गरेर बजार अनुगमनलाई तिव्रता दिइएको बताए । डिजेल, पेट्रोल र ग्यासको संञ्चित गरेर दुर्घटना ननिम्त्याउन पनि उनले आग्रह गरे । सामान्य अवस्थामा २९ हजार मेट्रिक टन ग्यास आवश्यक पर्ने भएपनि अहिले ४५ हजार मेट्रिक टन आयात भइरहेको उनले बताए ।

अहिले सरकारसँग ३० लाखसम्म सिलिण्डर भर्न सक्ने अवस्था रहेको उनले जानकारी दिए । कलोबजारी गर्नेहरुलाई जरिवाना गरिएको उल्लेख गर्दै मन्त्री भट्टले अब जेलसम्मको सजाय हुन सक्ने बताए । उनले माघमा ४० जना, फागुनमा १ सय १ जना र चैत ६ गते सम्म ५६ जनालाई कारवाही गरिएको बताए ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव नारायण विडारीले कैदीबन्दीलाई छोड्ने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताए । संक्रमण फैलिएमा जेलभित्रै आइसोलेसनमा राख्ने की छुट्टै राख्ने भन्ने विषयमा गृहमन्त्रालयले सम्बन्धित पक्षसँग छलफल गरिरहेको उल्लेख गर्दै उनले तत्काललाई बन्दी छोड्ने निर्णय नभएको बताए ।

कोरोना भाइरसको सामना गर्ने हैसियतमा सरकार रहेको उल्लेख गर्दै उनले प्रदेश सरकारहरुसँग समन्वय गरेर सरकार अगाडी बढिरहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *