काेराेना संक्रमण रोकथामका लागि सबै उपाय अपनाइएको छ : डा. पाण्डे

डिसी नेपाल
६ चैत २०७६ १९:३५

काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले कारोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि सबै उपाय अपनाइएको बताए ।

बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा डा. पाण्डेले देशभर रहेका निमोनियाका विरामीको सूची तयार गरी परीक्षण भइरहेको पनि बताए । उनले आफुलाई भाइरसको शंका लागेमा वा समस्या भएमा तत्काल काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जानकारी गराउन समेत आग्रह गरे ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले देशभर सम्भावित लक्षण देखिएका विरामीहरुको दैनिक परीक्षण भइरहेको बताइन् । उनले परीक्षण भइरहेको अवस्थामा हल्ला र भ्रमको पछि नलाग्न समेत आग्रह गरिन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले नेपालमा कोरोना भाइरसको परीक्षण नै हुँदैन, उपचार नै हुँदैन भन्नेगरी आतंकित हुन नहुने बताए ।

नागरिक समाजका अगुवा चरण प्रसाईले टेकु अस्पतालले चेकजाँच नगरी बिरामीलाई फर्काइदिएको भन्दै सरकारलाई विश्वास गर्ने आधार नरहेको बताए । उनले नागरिकको स्वास्थ्य सम्बन्धी अधिकारमा सरकारले खेलवाड गर्न नपाउने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *